मापसेले मातेका चालकले जन्तिबस भिरमा पुर्याएपछि

बागलुङ, ८ बैशाख । बागलुङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् ।

बिहे सकेर फर्किँदा जिल्लाको रगेनीमा ध १ ख ४६८ नम्बरको बस दुर्घटना भएको हो । बसका चालकले मादक पदार्थ सेवन गरेर चलाउँदा अनियन्त्रित भइ बस पल्टेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागलुङको काठेखोला गाउँपालिका, ५ बिहुँको घोडाबाँधे थामनेटामा उक्त जन्ती बस दुर्घटनामा परेकाे हाे । मृत्यु हुनेमा काठेखोला गाउँपालिका, ८ लेखानीका ६४ वर्षीय गंगा बहादर विश्वकर्मा रहेका छन् ।

ताराखोला गाउँपालिका, १ माझखर्कबाट दुलही लिएर फर्कदै गरेको अइचर बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना घाइते भएको जिल्ला प्रहरी प्रहरी नायब उपरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

त्यसैगरी, घाइते हुनेमा सोही ठाउँका १४ वर्षीय आरती सुनार, १५ वर्षीय ज्योती सुनार ६३ वर्षीय चन्द्र बहादुर सुनार, १२ वर्षीय सफलता विश्वकर्मा र १७ वर्षीय संगिता विश्वकर्मा रहेका छन् ।

घाइतेमध्ये संगिता विश्वकर्माको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० वर्षीय हेमन विक, २२ वर्षीय बिन्दु सुनार १७ वर्षीय सोनिया विक र सह चालक टंक कंडेल सामान्य घाइते भएका छन् ।

घाइतहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । काठेखोला गाउँपालिका–८ लेखानीबाट ताराखोला गाउँपालिका–१ माझखर्क जन्ति गएर लेखानी फर्किने क्रममा बस दुर्घटना भएको हो । बसमा दुलाह कृष्ण सुनार र दुलही रुपा सुनार सहित ३५ जनाभन्दा बढी सवार रहेको बसमा सवार दलबहादुर सुनारले बताए । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...