१९ वर्षीय किशोरीको रहस्यमय हत्या, नेकपा सांसदले युवतीका आफन्तलाई दिए यस्तो धम्की

नेपालगञ्ज । नेपालगन्जमा १९ बर्षीय स्वस्तिका लिम्बूको रहस्यमय तरिकाले हत्या भएको छ । आइतबार मध्यान्ह १२ बजेतिर नयाँ बर्ष मनाउन माईती घर आउने भनेर फोन गरेकी स्वस्तिमा केहीबेरपछि घरकै काेठामा मृत फेला परेकाे बताइएकाे छ ।

स्वस्तिमाले ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी थिइन । उनकाे रहस्यमय तरिकाले हत्या भएको भन्दै पीडितका अाफन्तले प्रहरीमा उजुरी दिएका छन् ।

स्वस्तिमा श्रीमान मुकेशसँग नेपालगंज उपाहमनगरपालिका-१० भृकुटी चोकमा बस्दै आएका थिइन । आइतबार दिउँसो स्वस्तिकाकाे शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकाे थियाे । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आईपुग्दा स्वस्तिकाको शव खाटमा सुतेको अवस्थामा भेटिएको थियो ।

मृतक स्वस्तिमाको शरिरमा निल, चोट लाग्नुकासाथै अस्वभाविक सुन्निएकाले उनको हत्या नै भएको हुनसक्ने अनुमान गरिएकाे स्थानीय भीम लिम्बुले बताए । स्वस्तिकाको माइती पक्षले पनि आशिशले नै हत्या गरेको आरोप लागएका छन् ।

भिम लिम्बुका अनुसार मृतक स्वस्तिकाले आइतबार मध्यान्ह १२ बजे तिर नयाँ बर्ष मनाउन माईत घर आउने भनेर फोन गरेकी थिईन् । तर श्रीमान आशिशले माइत जान नदिएको माइती उनले पक्षलाई खबर गरेकी थिईन् । त्यसको केही समयमै स्वस्तिकाको मोबाईलमा फोन नलागेकोले उनको हत्या भएको माइती पक्षको आरोप छ ।

घटना बैशाख १ गतेको भएपनि २ दिनसम्म आफुहरुलाई खबर नगरेको र तेस्रो ब्यक्तिबाट उनको मृत्यु भएको खबर सुनेकोले आशिशले नै हत्या गरेको माइती पक्षको दावी छ । आशिशले भने स्वस्तिमाले आमाहत्या गरेको बताउँदै आएका छन् ।

श्रीमान आशिश विगतका समयमा लागुऔशमा संलग्न रहेको र स्वस्तिमालाई प्रायजसो कुपपिट गरिरहने गरेको स्थानीयहरुको भनाई छ ।

मृतक स्वस्तिकाका माईतीपक्षधरले श्रीमान् आशिशविरुद्ध किटानी जाहेरी दिएको र दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

आशिशलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको र स्वस्तिकाको हत्या भएको हो या आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

आशिश नेकपा सांसद् नन्दलाल रोकायाका नाति हुन् । सोमबार दिउँसो सांसद रोकाया जिल्ला प्रहरी कार्यालयमा पुगेर थुनामा रहेका आशिशसाँ भेट पनि गरेका थिए ।

हिरासतमा रहेका नाति आशिशलाई भेटेर फर्कँदै गरेका सांसद रोकायालाई पीडित पक्षले भेटेपछि आक्रोशित भएका थिए । सांसद् नन्दलाल रोकाया जिल्ला प्रहरी कार्यालयबाट बाहिरिने क्रममा पीडित पक्षले मोबाइलबाट फोटो खिचेपछि विवादसमेत भएको थियो ।

सांसद रोकायाले फाटो खिचिएको मोबाइलसमेत थुतेर फ्याँक्दिएका थिए । प्रहरी कार्यलयमा गएर
सांसद रोकायाले धम्कीसमेत दिएको पीडित पक्षकाे आरोप छ । यद्यपि प्रहरीले भने निष्पक्ष छानबिन गर्ने बताइरहेका छन् ।

Loading...