चर्चित पत्रकार श्रेष्ठको नर्भिकमा निधन

काठमाडौं, ४ वैशाख । चर्चित पत्रकार पुस्करलाल श्रेष्ठकाे निधन भएकाे छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा श्रेष्ठकाे गएराति निधन भएकाे हाे ।

श्रेष्ठ नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक तथा कामना प्रकाशन प्रा.लि. का अध्यक्ष थिए । उनकाे गएराति ११ बजे नै निधन भएकाे बुझिएकाे छ ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि श्रेष्ठ बल्खुमा रहेकाे बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । त्यहाँ चेकजाँच गर्दा उनकाे मृगौला सम्बन्धी समस्या देखिएकाे थियाे र शल्यक्रिया समेत गरिएको थियो ।

पछिल्लो समय चिकित्सकले उनमा जीबीएस भाइरसको संक्रमण भएको आशंका गरिएको थियो । श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टी दिउँसो ३ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएकाे छ ।

Loading...