लाजिम्पाटमै ५० किलो गाँजासहित २ जना पक्राउ

काठमाडौं, ४ बैशाख । काठमाडौंको लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको विशेष टोलीले मंगलबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हाे। गोप्य सूचनाका आधारमा अवैध लागूपदार्थ गाँजासहित सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आज (बुधबार) पत्रकार सम्मेलन गरी अभियुक्तहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

Loading...