cदार्चुला, २४ असार । दार्चुलामा एक कहालीलाग्दो घटना घटेको छ । जिल्लाको शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौराका दाजुबहिनीले जिल्ला सदरमुकाम खलंगामा एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । बगौराका महादेव डागा र मनिसा डागा नाम गरेका दाजु बहिनीले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनीहरुहरुले के कारणले आत्महत्या गरेका हुन् भन्ने […]
समाज
हिरासत तोडेर तीन थुनुवा भागेपछि भैसेपाटीका इन्स्पेक्टरसहितका प्रहरी परे कारवाहीमा
काठमाडौं, २४ असार । फिल्मी शैलीमा तीन जना थुनुवा हिरासत तोडेर भागेपछि प्रहरीले ललितपुरको भैंसेपाटीस्थित महानगरीय प्रहरी प्रभागमा कार्यरत एक इन्स्पेक्टरसहित ड्यूटीमा बस्नेहरुमाथि कारवाही थालेको छ । गएराति ललितपुरको भैसेपाटीस्थित प्रहरी प्रभागको हिरासतबाट तीन जना थुनुवा झ्यालको ग्रिल नै तोडेर फरार भएपछि भैसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक किरण मल्लसहित ड्युटीमा लापरबाही गर्ने प्रहरी कारवाहीमा […]
एस स्कूलका विद्यार्थीले मार्केटिङ प्रतियोगितामा प्रथम भइ पाए अढाइ लाख
काठमाडौं । वल्र्डलिंक कम्युनिकेसनले आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको छ । अहिलेका युवा विद्यार्थीहरुको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम भइ एस इन्टरनेशनल विजनेस स्कूलले २ लाख ५० हजार नगद पुरस्कार समेत जितेको छ । ३७ दिनसम्म […]
ललितपुरको हिरासत तोडेर तीन जना बन्द फरार
काठमाडौं, २४ असार । राजधानीको एक प्रहरी हिरासतबाट तीन जना व्यक्ति फिल्मी शैलीमा भाग्न सफल भएका छन् । ललितपुरको भैसेपाटीमा रहेको महानगरीय प्रहरी प्रभागको हिरासतबाट तीन जना व्यक्ति फरार भएका छन् । गएराति झ्यालको ग्रिल नै उप्काएर भागेका उनीहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषध मुद्दामा पक्राउ परेका थिए । जावलाखेलमा रहेको जिल्ला […]
आधा दर्जन माओवादी नेतासहित दर्जन बढी हत्यामा जोडिएका बादशाह काठमाडौमै समातिए
कपिलवस्तु । कपिलवस्तुका एक बादशाह पक्राउ परेका छन । उनी नामका मात्रै हाेइन, कामका पनि खुंखार बादशाह हुन । हत्या, अपहरण, लुटपाट गरेर कपिलवस्तुमा सर्वसाधारणलाई मात्र हाेइन प्रहरीलाई समेत त्राही त्राही बनाएका बादशाह लामाे समयदेखि प्रहरीको सर्वाधिक खाेजिकाे सूचीमा थिए । लामो समय अातंक मच्चाउने ती हुन जाबेद बादशाह । उनकाे खास नाम नसिम अहमद […]
विदेशी लगानीका ३ सहित १६ बैंक मर्जरमा जाने ९ सुचीसहित
मर्जरको लागि १६ वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता पठाएका छन। आइतबार साँझ सम्म १६ वाणिज्य बैंक १ विकास बैंक र सम्पुर्ण लघुवित्तहरुले मर्जरमा जाने लिखित प्रतिवद्धता जनाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन। यस्तै जनता बैंक र ग्लोबल आइएमई बैंकले गत शुक्रबार मर्जरमा जाने सम्झौता गरेका छन् । शुक्रबार प्राइम कमसिएल […]
“छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ । ”
सिमकोट, २३ असार । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा […]
दिनानाथ शर्माका अंगरक्षक सहित ६ जना कस्तुरीको बीना सहित पक्राउ
काठमाडौं, २३ असार । कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौँबाट पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक प्रहरीसहित छ जना पक्राउ परेका छन् । प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले पुष्टि गरे । पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन । पक्राउ परेका […]
बरहथवामा ग्यास चुहिँदा आगलागी
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७ मा ग्यास सिलिण्डरबाट ग्यास लिकेज हुदाँ आगलागी भएको छ । खाना बनाउन राखिएको ग्यास सिलिन्डरको पाईपबाट ग्यास लिकेज भएपछि उक्त आगलागी भएको हो । आइतवार ग्यास लिकेज भएर बरहथवा- ७ का मनोज दासको घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । खाना […]
शङ्ख फुके पनि जोगिएनन् मकै
पोखरा, २२ असार । सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइन । दुई महिनादेखि मकैमा धानचमरा आउँदादेखि नै […]









