काठमाडौँ । नेकपा एमालेले कार्यवाहक अध्यक्ष राम बहादुर थापा(बादल)ले संसद्मा दिएको अभिव्यक्ति सच्याएको छ ।
शुक्रबार थापाकै अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अभिव्यक्ति सच्याएको हो। राज्यका सबै सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको उपमहासचिव लेखराज भट्टले बताए ।
बादलले सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, कार्की आयोग, टिओबी, बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए।







