खलंगामा बिभत्स घटना, दाजुबहिनीले गरे एउटै डोरीमा झुण्डिएर आत्महत्या

cदार्चुला, २४ असार । दार्चुलामा एक कहालीलाग्दो घटना घटेको छ । जिल्लाको शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौराका दाजुबहिनीले जिल्ला सदरमुकाम खलंगामा एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् ।

बगौराका महादेव डागा र मनिसा डागा नाम गरेका दाजु बहिनीले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनीहरुहरुले के कारणले आत्महत्या गरेका हुन् भन्ने कुरा खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

उनीहरु महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर बारमा डेरा गरी बस्दै आएका थिए । प्रहरीले उनीहरुको शव पङ्खामा डोरी लगाइ झुण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेका जनाएको छ ।

अन्दाजी २८ वर्षका महादेव र अन्दाजी २२ वर्षकी मनिसा नातामा दाजु बहिनी पर्छन् । मनिसाको विवाह भइसकेको छ । घटनास्थलमा प्रहरीले मुचुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading...