कञ्चनपुर, २६ असार । शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ। शिक्षकको कुटाईबाट घाईते भएका जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको भारतमा उपचारका क्रममा मृत्यु भएको हो। डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै उनलाई उपचारका लागि भारत पुगाईएको थियो। कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट […]
समाज
ओखलढुंगामा बस दुर्घटनामा परि ३ को ज्यान गयो
ओखलढुङ्गा,२५ असार । ओखलढुङ्गामा बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्र्तगत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । दुर्घटनामा बसका चालक झापा […]
अख्तियारको जालमा परे एउटै कार्यालयका तीन कर्मचारी
बारा । पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतरासमेत ३ जना घुस रकम सहित अख्तियारको फन्दामा परेका छन् । उनीहरूलाई मंगलवार नियन्त्रणमा लिइएको हो । ईन्जिनियर राम प्रकाश सतराले पचरौता नगरपालिकास्थित विद्यालयका कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुुुस मागेपछि अख्तियारको फन्दामा परेका हुन । त्यसैगरी […]
जल्दै गरेको शव प्रहरीले उठायो, स्थानीयको भागाभाग
धनुषा, २४ असार । धनुषामा प्रहरीले जलिरहेको शव उठाएको छ । सबैला नगरपालिका–१ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवको जलिरहेको शव प्रहरीले मंगलबार उठाएको हो । सोमबार राती आत्महत्या गरेकाे भनिएकी पिंकी यादवको शव प्रहरीलाई खबर नै नगरी परिवारले जलाउन लागेको भन्दै घटना थाहा पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय धनुषाले उनको चिताबाट हव उठाएर […]
साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण गरिने
काठमाडौं २४ असार। सरकारले आगमी आर्थिक वर्षदेखि साउनदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । सरकारले त्यसका लागि प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ ।हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण सुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको […]
चाकुखोलामा आएको बाढीले विद्युत् आयोजनामा क्षति, बजार पनि जोखिममा
सिन्धुपाल्चोक २४ असार। भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित चाकुखोला विद्युत् आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको छ ।शनिबार राति आएको बाढीले क्षति पुर्याएपछि ६ दशमलव ५ मेगावाटको सो आयोजनाको उत्पादन बन्द भएको हो । लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा निर्माण गरिएको सो आयोजनाबाट उत्पादित ६ दशमलव ५ मेगावाट विद्युत् पूर्णरुपमा बन्द भएको छ । त्यसलाई […]
भारत गएको छोरो नेपाल केटी भएर फर्किएपछि परिवारमा रुवावास…
काठमाडौं, २४ असार । कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका माल परिवारमा यतिबेला रुवावासी छ । पैसा कमाउने र पढ्ने भनेर भारत गएका माल परिवारका छोरा घरमा आउँदा केटी बनेर फर्केपछि उनीहरु छाँगाबाट खसेजस्तै भएका छन् । दोमिल्लाका सुरेन्द्र सिंह माल कक्षा १२ को पढाइ सकेर पाँच वर्ष अघि भारत हान्निएका थिए । १८ […]
प्रदेशकै स्तरीय सेवा दिदै खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र
पाल्पा, रिब्दीकोट गाँउपालिकामा रहेको खस्यौली प्राथमीक स्वास्थ्य केन्द्र विरामीहरुको स्वास्थ्य सेवा दिनमा प्रदेशमै उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाको पहिचान बनाउन सफल भएको छ । प्रदेश नं ५ को अन्य जिल्लामा रहेका स्वास्थ्य केन्द्र र पाल्पा जिल्लाको जिल्ला अस्पताल सहित अन्य स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा विरामी सेवाग्राहीहरुको गुनासो वढिरहेको अवस्थामा खस्यौली प्राथमीक स्वास्थ्य केन्द्रले सेवाग्राही विरामीहरुको मन […]
जाजरकोटका किसान सुन्तला खेतीतर्फ आर्कषित
जाजरकोट, २४ असार । सुन्तला खेतीमा यहाँका कृर्षकको आक्रसन बढ्दै गएको छ । थोरै लगानी तथा मेहनतबाट मनग्य आमदानी हुने भएपछि सुन्तला खेती तर्फ आक्रसन बढेको हो ।जिल्लाको कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ मा व्यवसायी सुन्तला खेती हुनेगरेको छ । २ वर्षअघि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला जोन स्थापना गरेपछि […]
बृन्दावन रिसोर्टमा जुवा खेल्दै गर्दा पक्राउ पर्ने को हुन ८ भिआइपी !
ललितपुर, २४ असार । ललितपुरको बृन्दावन रिसोर्टबाट ठूलो संख्यामा जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका वार्ड नं. ३ बाडेगाउँमा रहेको बृन्दावन रिसोर्टबाट प्रहरीले ८ जना जुवाडेलाई जुवा खेल्दाखेल्दै पक्राउ गरेको हो । प्रहरीले बृन्द्रावन रिसोर्टमा जुवा खेलिरहेका उनीहरुबाट १० लाख ८४ हजार नौ सय ८७ रुपैयाँ र १६ थान तास बरामद गरेको जानकारी दिएको […]











