जाजरकोटका किसान सुन्तला खेतीतर्फ आर्कषित

जाजरकोट, २४ असार । सुन्तला खेतीमा यहाँका कृर्षकको आक्रसन बढ्दै गएको छ । थोरै लगानी तथा मेहनतबाट मनग्य आमदानी हुने भएपछि सुन्तला खेती तर्फ आक्रसन बढेको हो ।जिल्लाको कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ मा व्यवसायी सुन्तला खेती हुनेगरेको छ ।

२ वर्षअघि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला जोन स्थापना गरेपछि सुन्तलामा स्थानीय कृषक आक्रसित भएका हुन् । कुशेको दम्दाला, ढिमे, अर्छानी, भेरीको तिमिले, पोखरा, डिङ्गा र नलगाडको टट्टा, करुवालगायत ठाउँमा सुन्तला जातलाई विशिष्टकृत बालीको आधार मानेर जोन कार्यक्रम सन्चान भएको छ । कुशे गाउँपालिका ५, दम्दाला, ढिमे, नलगाड ३ को टट्टा, करुका गाउँमा वर्षौंदेखि व्यावसायिक सुन्तला खेती भइरहेको छ ।

सुन्तला किसानलाई आत्मनिर्भर व्यवसायी बनाउन, युवाको विदेश पलायन रोक्न, खाद्य तथा पोषणको सुरुक्षा सुनिश्चितता गर्न र कृषि क्षेत्रको आधुनिकीकरण गर्न परियोजनाले महत्वपूर्ण भुमिका खेल्ने जोनका परियोजना प्रमुख टंकप्रसाद रिजालले वताए । परियोजना अर्न्तगत ५ सय हेक्टरमा जमिनमा सुन्तला खेती भइ रहेको रिजालको भनाइ छ ।

जाजरकोटको कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ का किसानलाई सुन्तला उत्पादनका लागि प्रोत्साहन अनुदान वितरण गरेको छ । परियोजनाले कुशेका ३ सय २०, भेरीका ९६ र नलगाडका १ सय २६ सुन्तला उत्पादक किसानलाई अनुदान अर्न्तगत ७ लाख रुपैयाँ वितरण गरिएको थियो भने ५० भन्दा धेरै सुन्तलाका बिरुवा लगाएका किसानलाई ५ सय देखि ९ हजारसम्म प्रोत्साहन रकम वितरण गरेको रिजालले बताए । उत्पादनका आधारमा पहिलोपल्ट प्रोत्साहन रकम वितरण गरिएको थियो ।

त्यस्तै परियोजनाले सुन्तला खेती गरिरहेका किसानलाई २० लाख रुपैयाँमा कृषि औजार खरिद गरी वितरण गरेको छ । कृषकलाई पावर ट्रेलर ट्र्याक्टर, खाल्डा खन्ने मेसिन, पावर स्प्रेयर, सिकेचर, फुट स्प्रेयर, र्भयाङ, आरी, कैंची, जुसर मेसिन, तौल मेसिन, स्प्रिंकलर लगायत कृषि औजार वितरण गरिएको छ ।

वितरण गरेका उपकरण विरुवा लगाउँदा देखि फल निकाल्दासम्म प्रयोगमा आउने छन । सुन्तलाको बगैंचा व्यवस्थापन, सिँचाइ, गोडमेल, खनजोत, खाल्डा खन्न, सुन्तला टिप्न र भण्डारण गर्न चाहिने सबै सामग्री किसानलाई उपलव्ध गराइएको छ ।

कृषि औजार र अनुदान रकम पाउदा सुन्तला खेती गर्न थप बल पुगेको नलगाड ३ टट्टाकी सुन्तला कृषक औसी घर्तीले बताइन । नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्थानीयलाई सुन्तला खेतीमा थप टेवा पुगेको बताए । यसका लागि स्थानीय सरकारसंग समन्वय र सहकार्य आवश्यक रहेको रावलको भनाइ छ ।

कार्यक्रमले सुन्तलाको व्यावसायिक तथा गुणस्तरीय उत्पादनमा जोड दिँदै किसानलाई आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ । कार्यक्रम मार्फत किसानलाई आत्मनिर्भर बनाउन बजारीकरणमा समेत सहयोग गरिने कार्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत कृषि सामग्री वितरण, साना सिँचाइ, पूर्वाधार निर्माण, प्राविधिक तथा प्रयोगशाला सेवा, कृषि बजार केन्द्र्र स्थापना लगायतमा सहयोग गर्दै आएको छ ।

Loading...