श्रीमतीको हत्या गरी ड्रममा शव लुकाएर राख्ने श्रीमान पक्राउ

नेपालगञ्ज । श्रीमानको कुटाइबाट नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको मृत्यु भएको छ । हत्या गरेर श्रीमान् शिवकुमार लोधले पत्नी ललिताको लाश ड्रममा लुकाएर राखेका थिए । ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि […]

अस्पतालबाट १३ दिने बच्चा चोरेर दिल्ली लाँदै गरेका दुई महिला पक्राउ

धरान, २६ असार । अस्पतालबाट १३ दिने बच्चा चोरेर भाग्दै गरेका दुर्इ जना महिलालार्इ प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति हराएका शिशु चोरेको आरोपमा प्रहरीले लिला बिक र मिना लिम्बुलाई पक्राउ गरेको हो । बुधवार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ दिनका बालकको अपहरण भएको हल्ला चलेको […]

अहिले मनसुनी न्युनचापिय रेखा नेपालको नजिक, उच्च सर्तकता अपनाउन विभागको आग्रह 

काठमाडौं २६ असार । अहिले मनसुन न्यूनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामी २४ घण्टा भित्र मनसुन न्यूनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भू–भागमा रहने मौसम विभागले जनाएको छ । बिहीबार देशभरको मौसम परिवर्तन भएको छ । देशका पूर्व–पश्चिमका धेरैजसो भूभागमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम बदली भइ […]

प्रहरी हिरासतबाट भागेका कैदी पुन: पक्राउ

ललितपुर, २६ असार । ललितपुर भैंसेपाटीस्थित प्रहरी प्रभागकाे हिरासतबाट गत साेमबार भागेका दुई बन्दी पुन: पक्राउ परेका छन्।उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ हिरासतबाट भागेका तीनमध्ये रुद्र श्रेष्ठ र शमशेर माझी पक्राउ परेका महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। भैँसेपाटी प्रहरी प्रभागको हिरासतबाट सोमबार राति यी दुई सहित अर्का कैदी रविकुमार तिमल्सिना फरार […]

फलफूल बोकेर आएको भारतीय ट्रक नारायणगढमा तोडफोड

चितवन, २६ असार । चितवनको नारायणगढमा एक भारतीय ट्रकमाथि तोडफोड भएको छ । नारायणगढेको क्षेत्रपुरमा रहेको महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा फलफूल बोकेर आएको भारतीय ट्रकमा आगजनी प्रयास समेत भएको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय भारतबाट नेपाल भित्रिने फलफल तथा तरकारीमा विषादी जाँच गर्ने भनि एकपटक गरिएको निर्णय सरकारले फिर्ता लिएपछि […]

जाजरकोटमा दाउराले हानेर भतिजले गरे काकाको हत्या

जाजरकोट, २५ असार । जाजरकोटको कुदुमा गएराति विभत्स हत्या भएकाे छ । जिल्लाकाे भेरी नगरपालिका वार्ड नं. १३ कुदुमा यस्तो घटना भएको हो । कुदुमा गएराति करिव १:४५ बजे एक भतिजले काकालाइृ दाउराले हानेर हत्या गरेका प्रहरीले बताएकाे छ । ३५ वर्षका भतिज मानबहादुर सुनारले दाउराले हानेर ४५ वर्षीय काका मोहन सुनारको हत्या गरेका हुन् […]

बाढीले बगाएको डाइभर्सन बनेसँगै सामान ढुवानी शुरु

पोखरा २५ असार । विजयपुर खोलामा राखिएको डाइभर्सन गत आइतबार राति बगाएसँगै अवरुद्ध बनेको मालसामान ढुवानी सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी सिएमसीको सहयोगमा डाइभर्सन तयार भएपछि मङ्गलबार रातिदेखि मालसामान ढुवानी शुरु गरिएको हो । डाइभर्सन नहुँदा पोखरामा ल्याइने सामग्रीका साथै विमानस्थल निर्माणका सामग्री पनि रोकिएका थिए । ड्राइभर्सन तयार […]

अब भारतबाट २० लाख रुपैयाँको कार खरिद गरी नेपाल ल्याउँदा ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने !

छिमेकी मुलुक भारतबाट २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ। तर मुलुकको वास्तविकता यही हो। आगामी आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार अब २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ […]

जनताको मत लिएर जनता मार्ने बिषादी खान बाध्य बनाउने सरकारका बिरुद्द उठौँ भन्दै विरोध प्रदर्शन

काठमाडौं २५ असार। सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परिक्षण नगर्ने निर्णयका विरुद्धमा नेपाल विद्यार्थी संघले आज पनि विभिन्न विरोधका कार्यक्रमहरु गर्ने जनाएको छ । निर्णय सार्वजनिक भएको भोलीपल्ट देखिनै विरोधका कार्यक्रम गर्दै आइरहेको नेविसंघले आज देशभरी बिषाक्त तरकारी तथा फलफुल बहिष्कार गर्ने र पर्चा बितरण गर्ने जनाएको छ । देशभरीका सवै जिल्ला […]

राप्तीमा बगेका चारै जनाको प्रहरीले गर्यो उद्धार

मकवानपुर, २५ असार । हेटौंडामा रहेको राप्ती खोलामा आएको बाढीले बगाएको ४ जनाको प्रहरीले उद्धार गरेको छ । बुधबार अविरल वर्षासँगै आएको बाढीले कमानेकी २० वर्षीय कविता तामाङसहीत ४ जनालाई बगाएकोमा ४ जनाकै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका ईन्स्पेक्टर अनिश बुढाथोकीले लालखबरलाई बताए । ४ जनामध्ये कवितालाई हेटौंडा अस्पतालमा उपचारको लागि लगिसकिएको छ भने […]