जनताको मत लिएर जनता मार्ने बिषादी खान बाध्य बनाउने सरकारका बिरुद्द उठौँ भन्दै विरोध प्रदर्शन

विषादी परिक्षण नगर्ने निर्णयका विरुद्धमा नेवि संघले आज पनि विरोधका कार्यक्रम

काठमाडौं २५ असार। सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परिक्षण नगर्ने निर्णयका विरुद्धमा नेपाल विद्यार्थी संघले आज पनि विभिन्न विरोधका कार्यक्रमहरु गर्ने जनाएको छ ।

निर्णय सार्वजनिक भएको भोलीपल्ट देखिनै विरोधका कार्यक्रम गर्दै आइरहेको नेविसंघले आज देशभरी बिषाक्त तरकारी तथा फलफुल बहिष्कार गर्ने र पर्चा बितरण गर्ने जनाएको छ । देशभरीका सवै जिल्ला र सवै क्याम्पसहरुमा बिरोध कार्यक्रम गर्ने तय भएको निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए।

विरोधका कार्यक्रम अन्तर्गत काठमाडौको त्रि चन्द्र क्याम्पसका विद्यार्थीहरुले जनताको मत लिएर जनता मार्ने बिषादी खान बाध्य बनाउने सरकारका बिरुद्द उठौँ भन्दै विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

उनीहरुले दिउसो चार बजेपछि कार्यक्रम गर्ने तय भएको पनि जानकारी दिएका छन् । त्यसैगरी नेविसंघले आजै १ रुपैयाँ रकम संकलन कार्यक्रमको पनि आयोजना गरेको छ ।दिउसो दुई बजेपछि काठमाडौको रत्नपार्क शान्तिबाटीकामा कार्यक्रम हुने नेताहरुले जानकारी दिएका छन् ।

Loading...