ओखलढुंगामा बस दुर्घटनामा परि ३ को ज्यान गयो

ओखलढुङ्गा,२५ असार । ओखलढुङ्गामा बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्र्तगत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

दुर्घटनामा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुलीको कमलामाई नगरपालिकाका लालबहादुर धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

१५ जना घाइतेमध्ये गम्भीर चार जनालाई काठमाडौं लगिएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

Loading...