काठमाडौँ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताईन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनद्वारा राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालमा […]
समाज
‘घाट’बाट फर्काई अस्पताल भर्ना गरिएकी महिलाको मृत्यु
पाल्पा –१७ साउन । अर्धजलका लागि रिडी घाट पु¥याइएकी रैनादेवी छहरा–१, सिद्देश्वरकी ३६ वर्षकी नर्मदा ज्ञवालीको मृत्यु भएको छ । नर्मदाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । झाडापखालाबाट बिरामी भएकि ज्ञवाली गत असार २५ गते तानसेनस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो । मिसनमा १० दिन उपचारको क्रममा उनको सुधार […]
बुटवल बसपार्कमा बसको छतमा युवकको शब फेला
बुटवल – १७ सावन । बुटवलको नयाँ बसपार्कमा पार्किङ गरिराखेको बसको छतमा शव फेला परेको छ ।गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ३०र३५ वर्षका दीपक थापाको शव फेला परेको हो । उनको शव लु १ ख ६१३७ नंम्बरको बसको छतमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। […]
बाजुरा; घरमाथि पहिरो खस्दा २ जनाको मृत्यु,५ घाइते
बाजुरा, १७ साउन । बाजुरामा पहिराले घर पुर्दा आमा र छोरीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार लगातार वर्षाका कारण जिल्लाको गौमुल गाउँपालिका–६, टाँडाकोटीमा घरमाथि पहिरो खस्दा ३० वर्षीया निरुता चदाँरा र उनकी छोरी ६ वर्षीया किस्मिताको मृत्यु भएको हो। बिहीबार राति साढे १२ बजेतिर पहिराले तीनतले घर […]
वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त
दमौली, १७ साउन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।उनले आज शोकवक्तव्य जारी गर्दै भट्टराईकी आमा वसुन्धरा भट्टराईको निधनले आफूलाई स्तब्ध बनाएको बताए । “काङ्ग्रेसका क्रियाशील सदस्य रहनुभएकी भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ”, उनको शोक वक्तव्यमा उल्लेख छ । वरिष्ठ नेता […]
उद्योगमा कार्यरत करेण्ट लागेर एकको मृत्यु, १४४ मजदूर हटाइयो
हेटौँडा, १७ साउन । मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयबाट आर्थिक वर्ष ७५/७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट […]
दुई युवकको शव बरामद
गौशाला, १७ साउन । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो । नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा […]
नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक जनाको मृत्यु
काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप हुँदा एक जनाकाे मृत्यु भएको छ । ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त कुटाकुटमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्तिकाे मृत्यु भएकाे हाे । उनी कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा जेल सजाय काटिरहेका थिए । कारागार स्रोतका अनुसार कर्तव्य ज्यान […]
अलैँची खेती तर्फ किसानको आकर्षण
डोटी, १७ साउन पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आकर्षण बढेको छ । किसानले धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जानी हुने खेतीयोग्य जमीनलाई मासेर धमाधम अलैँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैँचीको आम्दानी बढी हुने भएकाले पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको केआइसिंह गाउँपालिका काफलीका अलैँचीखेतीका किसान नारायण धामीले बताए। “अलैँचीको मूल्य […]
आज छुट्टाछुट्टै स्थनामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं, १७ साउन । नवलपरासी पूर्व चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका १२ हरकट्टास्थित सडकमा लु.२ ख १६८६ नम्बरको बस बिग्री मर्मत गर्नको लागि जग लगाई टायर फेर्ने क्रममा जग पल्टिन गई बसले च्यापियर चालक नवलपरासी सुनवल नगरपालिका १२ हरकट्टा बस्ने देव बहादुर थापाको बिहीबार […]










