बाजुरा; घरमाथि पहिरो खस्दा २ जनाको मृत्यु,५ घाइते

बाजुरा, १७ साउन । बाजुरामा पहिराले घर पुर्दा आमा र छोरीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार लगातार वर्षाका कारण जिल्लाको गौमुल गाउँपालिका–६, टाँडाकोटीमा घरमाथि पहिरो खस्दा ३० वर्षीया निरुता चदाँरा र उनकी छोरी ६ वर्षीया किस्मिताको मृत्यु भएको हो।

बिहीबार राति साढे १२ बजेतिर पहिराले तीनतले घर पुर्दा त्यसभित्र सुतिरहेका सात जनामध्ये दुई जनाको मृत्यु भएको हो।घरभित्र च्यापिएर मृतकका सुसुरा जंगे चदाँरा गम्भीर घाइते भएका छन्। उनका ३८ वर्षीय छोरा सुके चदाँरा उनकी ३८ वर्षया बुहारी जडेनी चँदारा पनि घाइते भएको प्रहरलिे जनाएको छ। यस्तै १२ वर्षीया अस्मिता चदाँरा र १० वर्षीय विकास चदाँरा पनि घाइते भएका छन्।

घाइतेलाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरी उपचारका लागि घटमुनास्थित सहरी स्वास्थ्य केन्द्र लगिएको छ। थप उपचारका लागि उनीहरुलाई जिल्ला अस्पताल मार्तडीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Loading...