पाल्पा –१७ साउन । अर्धजलका लागि रिडी घाट पु¥याइएकी रैनादेवी छहरा–१, सिद्देश्वरकी ३६ वर्षकी नर्मदा ज्ञवालीको मृत्यु भएको छ । नर्मदाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । झाडापखालाबाट बिरामी भएकि ज्ञवाली गत असार २५ गते तानसेनस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो ।
मिसनमा १० दिन उपचारको क्रममा उनको सुधार नभएपछि थप उपचारका लागि भनेर आफन्तले नर्मदालाई डिस्चार्ज गरिदिन आग्रह गरे अनुसार उनको डिस्चार्ज भएको थियो । तर डिस्चार्जपछि परिवारले नर्मदाको अन्तिम संस्कार गर्न भन्दै रिडी घाटमा पु¥याइएको थियो । रिडी घाटमा अर्धजल दिने क्रममा नर्मदाले आँखा खोलेपछि मलामी र आफन्त आश्चर्यमा परेका थिए ।
त्यसपछि थप उपचारका लागि तानसेनको प्रभासमा भर्ना गरिएको थियो । केही दिनसम्म नर्मदाको स्वास्थ्य अवस्था सुधार भएको थियो । तर दुई दिनदेखि स्वास्थ्य गम्भीर बनेको थियो । उनको मुटु र मृगौलामा देखिएको गम्भीर समस्या देखिएको पाल्पा अस्पतालका प्रमूख डा। पुष्प ज्ञवालीले बताए।
शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाईसकिएको डा। ज्ञवालीले जानकारी दिए। ज्ञवालीको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा गत साउन ५ गतेदेखि उनको आकस्मिक कक्षमा राखेर उपचार भईरहेको थियो ।