अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि सम्झौता

काठमाडौँ, ८ असोज । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पु¥याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले आज विज्ञप्तिमार्फत जनाएको छ […]

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ले अन्तराष्ट्रिय सञ्जाल बढाउने विश्वास

काठमाडौँ, ८ असोज । ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को अभियानले अन्तर्राष्ट्रिय तहमा सम्पर्क सञ्जाल विस्तार गरी आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान र तुलसीलाल स्मृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न मुलुकका विज्ञले सो अभियानले दक्षिण एसियाको समुन्नतिमा सकारात्मक प्रभाव पार्ने हुँदा त्यसलाई चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रमका […]

जुवाखालबाट बैंकका सिइओ र पार्टीका नेताहरुसँगै पक्राउ । प्रहरीले राख्यो गुपचुप

विराटनगर, ७ असाेज । विराटनगरकाे एक जुवाखालबाट बिभिन्न उच्च अाेहाेदाका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इअाे), राजनैतिक दलका केही नेताहरु, कर्मचारी र ठूला व्यापारी समेत रहेकाे बताइएकाे छ । तर, प्रहरीले भने याे घटनालार्इ गुपचुपमै राखेकाे छ । साथै पक्राउ परेकाे व्यक्तिहरुका बारेमा केही सूचना दिन मानेकाे छैन । […]

एर्मा आँधीबाट नासाको नासो ‘मुन ट्री’ समेत नष्ट

एजेन्सी । क्यारेबियन महासागरबाट शुरु भई संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा समेत लाखौँ मानिसलाई आतंकित पारेको आँधी एर्माले एपोलो मिसनमा चन्द्रमालाई परिक्रमा गरी फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रमा हुर्काइएको एक वृक्ष, ‘मुन ट्री’ लाई नष्ट गरेको बताइएको छ । फ्लोरिडाले शुक्रबार आँधीबाट भएका क्षतिको लगत संकलन र जानकारी गराउने क्रममा ऐतिहासिक मुन ट्री पनि ढलेको जनाएको छ […]

सिद्धबाबामा पहिरोमा किचिएर कार र ट्रकका चालकसहित ३ को मृत्यु

रुपन्देही, ७ असाेज । बुटवलबाट पाल्पा जाने सडककाे सिद्धबाबा नजिक पहिराे खसेर तीन जनाकाे मृत्यु भएकाे छ । सिद्धबाबा क्षेत्रकाे भिरालाे ठाउँमा माथिबाट खसेकाे पहिराेमा परी एउटा ट्रक र एउटा कार नराम्ररी किचिएका छन् । कारमा च्यापिएका दुर्इ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । बुटवल-पाल्पा सडकको सिद्धबाबा खसेकाे पहिराेमा परी एक जना घाईते भएका छन् […]

हिरासत ताेडेर भाग्ने दुर्इ पक्राउ

गाेरखा, ७ असाेज । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट भागेका तीन जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका ६ डाँडागाउँकी राममाया गुरुङको घरमा लुकिरहेको अवस्थामा अभिषेक अधिकारी र सन्दिप सुर्खेतीलाई आज बिहान नियन्त्रणमा लिई जिप्रका ल्याएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। भागेका अर्का थुनुवा दीपेश मझकोटीको खोजी कार्य जारी छ। उनीहरुलार्इ […]

साढे चार करोड भोट पाएर बुद्ध लामा बने पहिलाे नेपाल आइडल

काठमाडाैं, ७ असाेज । बुद्ध लामा अन्तत: नेपाल अाइडल बनेका छन् । गएराती कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा बुद्ध लामालार्इ नेपाल अाइडल घाेषणा गरिएकाे हाे ।अन्य दुर्इ प्रतिस्पर्धी निशाल भट्टरार्इ र प्रताप दासलार्इ पछाडि पार्दै बुद्ध पहिलाे नेपाल अार्इडल बन्न सफल भएका हुन् । नेपाल अाइडलले अन्तिम प्रतिस्पर्धा कतारमा गराएकाे थियाे । […]

गोरखामा फेरि जेल तोडियो । थुनामा परेका ३ बन्दी फरार

गाेरखा, ७ असाेज । गाेरखामा गए राती तीन जना बन्दी थुना कक्षकाे शाैचालय ताेडेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट तीन जना बन्दी भागेका हुन् । गए राति करिब एक बजे शौचालय ताेडेर भागेका सबै बन्दी १८ वर्ष मुनिका रहेकाे बताइएकाे छ । शाैचालयकाे भेन्टिलेटरको एउटा छड भाँचेर सोही प्वालबाट उनीहरु भागेको […]

गुन्डा नार्इके चक्रे मिलनका सहयोगी गौतम प्रहरीको गोलीबाट…

काठमाडाै । प्रहरी र गुण्डा नाइके राजीव गुरुङ ( चक्रे मिलन ) का सहयोगीबीच शुक्रबार साँझ राजधानीमा गोली हानाहान भएको छ। चक्रे मिलनको समूह पेप्सिकोला मनहरा पुल नजिक जम्मा भएर कुनै आपराधिक गतिविधिको योजना बनाइरहेको सूचनाका आधारमा सो स्थानमा प्रहरी पुग्दा गुण्डा समूहबाट रामेश्वर गौतम भन्नेले गोली चलाएपछि आफूहरुले पनि जवाफी फायर गरेको प्रहरीको भनाइ […]

चर्चित अर्चना २२ वर्षमै उपमेयर बनेपछि फेरि चर्चाकाे शिखरमा

विरगञ्ज । २२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् । नेपाली कांग्रेसबाट चुनाव लडेकी उनी निकतम प्रतिद्वन्दीलाई ९१९ मतले पछि पार्दै […]