राजोपाध्याय समाजको अध्यक्षमा गीतकार अमरराज शर्मा

ललितपुर । राजोपाध्याय समाजले प्रशिद्ध गायक तथा संगीतकार अमरराज शर्माको नेतृत्व पाएको छ । आज ललितपुरमा सम्पन्न समाजको दोश्रो अधिवेशनले अमरराजको नेतृत्वमा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।

नयाँ कार्यसमितिमा कलाकार संजय शर्मा राजोपाध्यायलाई उपाध्यक्ष चयन गरेको छ भने संचारकर्मी बिराजकाजी राजोपाध्यायलाई महासचिव चयन गर्यो । सचिवमा रचना शर्मा राजोपाध्याय रहनुभएको कार्यसमितिमा जयन्ती शर्मा राजोपाध्याय कोषाध्यक्ष र उद्धव आचार्य राजोपाध्याय सह कोषाध्यक्ष पदमा हुनुहुन्छ । सदस्यमा नगेन्द्र राजोपाध्याय, विनोद ज्वालानन्द राजोपाध्याय, चेतना शर्मा राजोपाध्याय, वन्दना राजोपाध्याय, विजय शर्मा राजोपाध्याय, पिपुल सुवेदी राजोपाध्याय र विरु सुवेदी राजोपाध्यायलाई चयन गरेको छ ।

नयाँ अध्यक्षको रुपमा चयन भएपछि बोल्दै अमरराज राजोपाध्यायले विभिन्न अफवाह र भ्रम फैलाई अवरोध खडा गर्न खोजेपनि समाज अहिलेसम्म क्रियाशिल नै रहेको र अब अझ सशक्त ढंगबाट अगाडि बढ््ने बताउनुभयो । समाजलाई सक्षम, सबल वनाउने क्रममा सबैको सल्लाह सुझाव अनुसार अगाडि बढ््ने राजोपाध्यायको भनाई थियो ।

सो भन्दा अगाडि अधिवेशनको उद््घाटन सत्रमा राजोपाध्याय समाज भित्रका ज्येष्ठ नागरीक ९८ वर्षीय चुन्द्रचरण राजोपाध्याय (पान बाजे) को साथै संस्कार र संस्कृति विज्ञ पण्डित रत्नराज राजोपाध्यायलाई विशेष सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानितद्वयलाई ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सभासद कृष्णलाल महर्जनले सम्मान पत्र प्रदान गर्नुभयो भने समाजका अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले दोसल्ला ओढाउनुभयो । कार्यक्रममा २०७३ सालमा एसइइ परीक्षामा उत्तीर्ण समाजका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सर्वाधिक अंक प्राप्त गर्ने छात्र सिवेश शर्मा राजोपाध्याय र छात्रा सुभिया राजोपाध्यायलाई भने नगद पुरस्कार समेत प्रदान गरीएको थियो । सबै विद्यार्थीलाई सभासद महर्जनले सम्मान पत्र हस्तान्तरण गर्नुभयो भने सर्वाधिक अंक प्राप्त गनें विद्यार्थीद्वयलाई समाजका अध्यक्ष राजोपाध्यायले नगद पुरस्कार प्रदान गर्नुभयो ।

मन्तव्यको क्रममा प्रतिनिधि सभा सभासद महर्जनंले स्थानीय भाषा, संस्कृतिको उत्थानको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सांस्कृतिक पहिचानको जगेर्ना गर्दै राजनैतीक अधिकार प्राप्तिको लागी पनि अग्रसर हुनुपर्ने महर्जनको सुझाव थियो । कार्यक्रममा ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार, वैदिक प्रतिष्ठानका अध्यक्ष उपेन्द्रभक्त सुवेदी, पर्व समय सुधार राष्ट्रिय समाज नेपालका अध्यक्ष महेश्वर जुजु राजोपाध्यायले राजोपाध्याय समुदायलाई सांस्कृतिक, सांस्कारीक क्षेत्रको साथै अन्य क्षेत्रमा समेत सबल बनाउँदै लानको लागी समाजले भूमिका निर्वाह गर्नुपर्ने भनाइ राखेका थिए ।

Loading...