नवलपरासी, १७ साउन । पश्चिम नवलपरासीमा रहेका विभिन्न प्राकृतिक तालतलैया पछिल्लो पटक धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका छन् ।पश्चिम नवलपरासीको पाल्हिनन्दन–६ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको नन्दन ताल, बर्दघाट नगरपालिकाअन्तर्गत जहदाको बुद्धमङ्गल ताल, यसैगरी गुठी प्रसौनीको पिपरपाती ताल, माकरको भुताहा ताल, तिलकपुरको सुशिहवा ताल, जिल्लाका मुख्य ठूला तालहरु हुन् । तर अधिकांश […]
समाज
क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार
लमही, १७ साउन । तुलसीपुर उपमहानगरपालिका–१४ मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार शुरु गरेका छन् । २० वर्षीय ओलीलाई यही वैशाखदेखि रक्त क्यान्सर भएपछि अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पु¥याउन तुलसीपुरका विभिन्न क्रियाशील संस्थाहरुको पहलमा ती […]
बाँदरले सताएपछि व्यावसायिक बेसार खेती शुरु
बेझाड, १७ साउन । पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो । गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ । मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाडेकी शान्ति विकले […]
सवारि दुर्घटनामा वृद्धि
दाङ १७ साउन । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा १०४ को मृत्यु २३३ को अवस्था नाजुक र १९० सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए । उनका अनुसार ती दुर्घटनामा २५१ […]
लोकबाजा जोगाउँदै जैमिनी सङ्कीर्तन
गलकोट, १७ साउन । बागलुङ जिल्लाको जैमिनी नगरपालिकास्थित जैमिनी सङ्कीर्तन समूहले लोपोन्मुख अवस्थामा रहेको लोकबाजा जोगाउन प्रयास थालेको छ । वर्षेनी युवापुस्तामा लोकबाजाप्रतिको मोह घट्दै गएको सन्दर्भमा यहाँको सङ्कीर्तन समूहले लोकबाजा प्रशिक्षण गरी युवापुस्तालाई आकर्षित गर्न थालेको हो । सङ्कीर्तन समूहले बुधबार मात्रै १५ दिने लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा लोकबाजा हराउन […]
तीन वर्षकी बालिका चोरेर बलात्कार, रुन थालेपछि रेटियो घाँटी
काठमाडौँ, १७ साउन । भारतको झारखखण्डमा एक तीन वर्षकी बालिकालाई रेल्वे स्टेशनबाट अपहरण गरी बलात्कार गरेर हत्या भएको घटना सार्वजनिक भएको छ । २५ जुलाइमा टाटानगर रेल्वे स्टेशनबाट अपहरणमा परेकी बालिकालाई अपहरणपछि बलात्कार गर्ने क्रममा रुन थालेपछि घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । २५ जुलाईको राती टेल्को निवासी रिंकु साहूले टाटानगर रेलवे स्टेशनबाट […]
काठमाडौमा एकाबिहानै भयानक दुर्घटना, अग्लो ढिस्को काटेर फोहोर बोक्ने गाडी ट्याक्सीमाथि खस्यो
काठमाडाैं, १७ साउन । काठमाडौं महानगरपालिकाको फोहोर बाेक्ने गाडीले शुक्रबार बिहान सिफलचौरमा भयानक दुर्घटना गराएको छ । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने बा १ ग २२९८ नम्बरको गाडी जयवागेश्वरी मन्दिरबाट भण्डारखालको जंगल सकिएलगत्तै मोडमा २ फिट अग्लो माटोको ढिस्को नाघेर अर्को साइडको बाटोमा पार्किङमा रहेका ट्याक्सीमाथि चढेको हो। रक्सी खाएका चालकले गाडी हुँक्याइँदा गम्भीर दुर्घटना भएको […]
न्यून चापीय रेखा नेपालतर्फ सर्न थालेपछि मौसम महाशाखाले जारी गर्यो २४ घण्टे चेतावनी
काठमाडौं, १७ साउन। मौमस पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै २४ घण्टे चेतावनी जारी गरेको छ। महाशाखाले भनेको छ– देशको केही स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन […]
सिसी क्यामेराको एउटा फुटेजले पक्राउ परे गगन
सुर्खेत, १७ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ । बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत […]
मध्यरातमा पहिरो खस्दा आमाछोरीको मृत्यु, थुप्रै घाइते
बाजुरा, १७ साउन । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले […]










