सामाजिक सदभावका लागि ‘स्कूल’ कार्यक्रम

नेपालगञ्ज, १३ भदौ । सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरणका लागि ‘स्कूल’ कार्यक्रम गरिएको छ । बास संस्थाद्वारा सञ्चालित दिगो विकास र सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजनाअन्तर्गत स्कूल कार्यक्रमको आयोजना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाभित्र सामाजिक सद्भाव प्रर्वद्धनका विभिन्न गतिविधि सञ्चालन गर्न मद्दत पु¥याउने उद्देश्यले बिहीबार सो कार्यक्रम गरिएको बासका सूचना अधिकारी हेमराज भट्टले […]

गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ, १३ भदौ । भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिए । विगत वर्षभन्दा […]

हलेसीमा फौजी किराको आतङ्क, अन्नबाली सखाप

खोटाङ, १३ भदौ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन् । फौजी किराले अन्नबालीका बोट तथा […]

अब सौराहाका भवन र रङ एकैप्रकारका हुने

चितवन, १३ भदौ । रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । […]

मेघौलीमा भेटियो मृत अवस्थामा एक गैडा

चितवन, १३ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५÷४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । […]

माछा मार्न खोज्दा फेला पर्यो अजिङ्गर

सप्तरी, १३ भदौ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए । उक्त अजिङ्गर रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला […]

आज बुबाको मुख हेर्ने दिन

हिन्दू धर्ममा हरेक शुभकार्यमा चाहिने कुशलाई घर भित्र्याउने दिनका रूपमा मनाइने कुशे औँसी आज देशभर मनाइँदै छ । यस दिन बैदिक मन्त्रोच्चारणसहित कुशलाई पुरोहितहरुले यजमानका घरघरमा पुर्याउने परम्परा रही आएको छ । प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन लाई कुशे औशी भन्ने गरिन्छ । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा पनि पूजिन्छ […]

स्कार्पियो गाडीसहित गएर डकैती गर्ने गिरोह पक्राउ

विराटनगर, १२ भदौ । स्कार्पियो गाडीसहित गएर लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विभिन्न ठाउँमा डकैती गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये चार जना नेपाली र ३ जना भारतीय नागरिक रहेका छन् । उनीहरुले बिराटनगरको विभिन्न […]

विद्यालय कर्मचारीको तलब साढे १६ हजार, इसिडि शिक्षकको साढे १८ हजार !

काठमाडौं । सरकारले इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई अत्यन्तै न्यून तलव सुविधा दिए पनि केही सामुदायिक विद्यालयहरुले भने उनीहरुको राम्रो व्यवस्थापन गरेको पाइएको छ । काठमाडौं बाफल स्थित ज्ञानोदय माविले निजी स्रोतमै इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई राम्रो सुविधा दिएको हो । विद्यालयले इसिडिका शिक्षकहरुलाई १४ हजार पाँचसय मासिक सुविधा दिँदै आएको थियो । गएको महिना […]

राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश

काठमाडौँ, १२ भदौ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समितिको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरे । उनले प्रतिवेदन पेश गर्दै पक्ष–विपक्षको हेराइ, बुझाइ र सोचाइभन्दा माथि उठेर समितिले काम गरेको तथा प्रतिवेदन तयार गरेको स्पष्ट पारे । समितिको पहिलो बैठक विसं २०७५ साउन २२ गते बसेको […]