सीडीओहरुको व्यापक सरूवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं, भदौ १२ । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अधिकांश तराईका जिल्लाहरुमा सिडिओ सरुवा गरिएको हो। काठमाडौं जिल्लाका हालका सिडिओ रामप्रसाद आचार्य गृह मन्त्रालय तानिएका छन्। उनको ठाउँमा सहसचिव जनकराज दाहाललाई ल्याइएको छ। उनी झापाका सीडीओ रहेको अवस्थामा काठमाडौंको जिम्मेवारी दिइएको हो।  ललितपुरमा भगिरथ पाण्डेको […]

इँटा उद्योगमा डोजर लगाउँदा १० करोड नोक्सानी

काठमाडौँ, १२ भदौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ ।महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँटा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति भएको आरोप लगाउँदै त्यस कार्यको […]

आज देशको अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र […]

अङ्गीकृत नागरिकता दिन ढिलो भए छोराले ‘दुलही नपाउने’ चिन्ता

विद्यमान कानुनमा नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल अङ्गीकृत नागरिकता दिने व्यवस्था छ। सो व्यवस्था फेरेर अङ्गीकृत नागरिकताका लागि सात वर्षको समय राख्ने कुरा उठेपछि तराई मूलका नेता तथा सांसदहरूले आपत्ति प्रकट गरेका छन्। त्यस्तो परिवर्तनबाट परम्परागत रूपमा नेपाल-भारत सीमावारिपारि बस्ने मानिसहरूको वैवाहिक सम्बन्ध प्रभावित हुन सक्ने उनीहरूको तर्क छ। सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने […]

‘माथिल्लो तामाकोशीमा किन ढिलाइ भइरहेको छ ’

काठमाडौँ, १२ भदौ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रेहेका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकोमा गुनासो गरे । उनले भने “आयोजना यो वा त्यो […]

कलंकीमा १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं, १२ भदौ । काठमाडौँको कलंकीमा १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसोको दैलेख घर भएकी एक १७ वर्षीया किशोरीमाथि कलंकीस्थित पशुपति गेस्ट हाउसमा सामूहिक बलात्कार भएको थियो। काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने धादिङ गजुरी गाउँपालिका–१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठ, र ज्वालामुखी गाउँपालिका घर भएका ३० […]

बल्ल जापान पुग्यो नेपाली ध्वजावाहक विमान

nepal-airlines

काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले जापानको ओसाकाका लागि शुरु गरेको सिधा उडानको सफल अवतरण भएको छ । नेपाल वायुसेवा निगमल १२ वर्षपछि आज पहिलोपटक जापानका लागि सिधा उडान गरेको हो । निगमको वाइडबडी विमान आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको थियो । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको […]

रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती

बेझाड, १२ भदौ । पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गरे । दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर राख्दै थापाले एक महीनाअघिदेखि फूलखेती शुरु गरेका छन । उनको नर्सरीमा मखमली र सयपत्री जातका करीब चार हजार फूलका बिरुवा रहेका छन् […]

महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयन हुन सकेन

काठमाडौँ, १२ भदौ । महिला हिंसाविरुद्ध संसद्बाट पारित सङ्कल्प प्रस्ताव स्वीकृत भएको एक वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विसं २०७५ भदौ ८ गते बसेको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकबाट सांसद बिन्दा पाण्डेद्वारा प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भए पनि महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । महिला, बालबालिका तथा ज्येष्ठ […]

आम्दानीको मुख्य स्रोत बन्दै ‘रुद्राक्ष’

भोजपुर, १२ भदौ । भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने गरेको छ । रुद्राक्षको व्यापार असोजदेखि शुरु हुने भए पनि पछिल्लो समय यसको कारोबार भदौको पहिलो सातादेखि नै शुरु हुने गरेको षडानन्द नगरपालिका व्यापारी एकबहादुर जिसीले […]