म्याग्दी, १३ भदौ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका–६ बुलमा विद्युत् सुविधा पुगेको छ । गाउँपालिकाको सहयोगमा स्थानीयवासीले श्रमदान र नगद सङ्कलन गरेर गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिहीबार बेलुकीदेखि बिजुली बलेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघु जलविद्युत् परियोजनाको विद्युत् बुलमा […]
समाज
छाडा चौपायाका कारण दुर्घटना बढ्दै
कोहलपुर, १३ भदौ । बाँकेको कोहलपुरदेखि नेपालगञ्ज सडकमा सवारी दुर्घटना बढ्दै गएको छ । सडकमा जथाभावी रहेका छाडा पशुसँग ठोक्किएर पछिल्लो समय धेरै दुर्घटना भएका छन् । तर, छाडा चौपाया नियन्त्रणका लागि कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र ट्राफिक प्रहरीले कुनै चासो देखाएका छैनन् । कोहलपुर–नेपालगञ्ज चारलेन सडकमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको छ […]
‘एक घर, एक उत्पादन’मा स्थानीय तहको जोड
तनहुँ, १३ भदौ । शुक्लागण्डकी नगरपालिका–१२ ले स्थानीयलाई स्वरोजगार बनाउन ‘एक घर, एक उत्पादन’लाई प्राथामिकता दिएको छ । वडाले एक घर, एक उत्पादनअन्तर्गत मौरीपालन र टनेल खेतीलाई प्राथमिकता दिएको हो । सो वडाले एक घर, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीयवासीलाई स्वरोजगारतर्फ उन्मुख बनाउने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ । मौरीपालक कृषकलाई ५० प्रतिशत […]
असुरक्षित बने सल्यानमा पाइने लोपोन्मुख हाइना
सल्यान, १३ भदौ । सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना (हुडार) असुरक्षित बन्न थालेका छन् । बितेका तीन महीनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये दुई उपचारका क्रममा मरेका छन् । बुधबार छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा ढाड भाँचिएको अवस्थामा स्थानीयले फेला पारेका हाइनालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि पनि घाइते अवस्थामा फेला […]
जुम्लामा यसपटक ६ हजार मेट्रिक टन स्याउ उत्पादन
खलङ्गा, १३ भदौ । जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छन् । उनीहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न […]
बगर बन्दै रुकुमपश्चिमको धुर्सेनी बस्ती
मुसिकोट, १३ भदौ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११, मङ्गरा गाउँबाट दिनहुँ झर्ने पहिराका कारण धुर्सेनी बस्ती बगरमा परिणत हुन थालेको छ । यस वर्ष वर्षा शुरु भएसँगै अविरलरुपमा झर्ने पहिराले यहाँको बस्ती र उत्पादनयोग्य खेतबारी बगरजस्तै देखिन थालेका हुन् । गाउँमाथिबाट खस्ने पहिराले स्थानीयका अधिकांश खेतमा ठूलो क्षति पुगेको र बस्ती नै बगर बन्ने खतरामा रहेको […]
उमेर नपुग्दै विवाह स् परिपक्वतासंँगै सम्बन्धविच्छेद
रोल्पा, १३ भदौ । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उनको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशङ्का गर्ने, कुटपिट गर्ने र खान लाउन […]
निर्माणको तीन महीनामै कालोपत्रे सडक भासियो
कञ्चनपुर, १३ भदौ । ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ । भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो । वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताए । तीन मिटर चौडा र ३० मिटर […]
पचास परिवार बाढीको जोखिममा, बस्ती नै बग्ने खतरा
बाजुरा, १३ भदौ । सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा आउने बाढीका कारण बडिमालिका नगरपालिका–८ गडखेतको सिङ्गो बस्ती जोखिममा रहेको छ । नजिकै बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो । हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हँुदा पनि तटबन्धका लागिसमेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । बाउली खोलामा मिसिने खारगाड खोलाले बढी […]
दाङका विभिन्र चार खाेलामा पुल सञ्चालनमा
तुलसीपुर, १३ भदौ । दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन् । तुलसीपुर–लमही सडकखण्डअन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताए । पुल निर्माण कार्य पूरा भएपछि ती पुलमा गाडी आवतजावत गराउन थालिएको हो । यसअघि पुल सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको […]











