इलामबजार खानेपानी आयोजनाको काम तीव्र

फिक्कल, १३ भदौ । इलाम सदरमुकाममा सञ्चालित खानेपानी आयोजनाले गति लिएसँगै स्थानीय पनि हर्षित भएका छन् । ‘इलाम बजार तेस्रो साना खानेपानी आयोजना’ले लक्ष्यभन्दा चारगुणा बढी प्रगति भएपछि यहाँका स्थानीय हर्षित भएका हुन् । आयोजनाका प्रमुख इञ्जिनीयर मेघराज धिमालले हालसम्म करीब चार प्रतिशत प्रगति गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म १९ प्रतिशतभन्दा बढी काम सम्पन्न […]

आठ ट्रक गाई ल्याएर भिरबाट खसाइयो, २३ गाई मृत भेटिए

सुर्खेत, १३ भदौ । बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको बताए । नौ गाईलाई भीरबाट […]

गैँडा म¥यो

चितवन, १३ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५/४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । […]

कलुवापुर–बेलौरी सडक कालोपत्र हुने

कञ्चनपुर, १३ भदौ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताएका छन् । कलुवापुर–बेलौरी सडक अवलोकनका लागि शुक्रबार पुगेका मन्त्री बोहराले सडक निर्माणका लागि आवश्यक कानूनी अड्चन हटाई यथोचितरुपमा बजेटको व्यवस्था गरिने बताए । सडक निर्माणको ठेक्का पाएको सन्तोषी थेगिम जेभीका ठेकेदारलाई मन्त्री बोहराले […]

हत्या आरोपका फरार अभियुक्त २६ वर्षपछि पक्राउ

काभ्रेपलाञ्चोक, १३ भदौ । काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी […]

मुस्ताङको चराङमा सिँचाइ

गलेश्वर, १३ भदौ । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको चराङमा एक करोड १४ लाखको लागतमा ‘मेकी युरा सिँचाइ आयोजना’ निर्माण भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो । उक्त आयोजनापछि सिँचाइ अभावमा कृषि उत्पादनबाट बञ्चित हुँदै आएका कृषक लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारको ७९ लाख र लोघेकर […]

तीन हजार गाँजाको बोट नष्ट

गोरखा, १३ भदौ । जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–८ र ६ मा रहेका तीन हजार गाँजाको बोट फडानी गरेको छ । अवैधरुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले वडा नं ६ […]

पोल गाडेको दुई वर्षपछि बिजुली

बनेपा, १३ भदौ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो । स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल […]

अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

जलेश्वर, १३ भदौ । कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय बताउँछन् । जिल्लाको उत्तरपूर्व […]

आत्महत्या गर्नेको सङ्ख्या दिनदिनै बढ्दो

अछाम, १३ भदौ । जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो । गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ । सामान्य समस्यालाई पनि ठूलो […]