घुस दिन खोज्ने चालक पक्राउ

भद्रपुर, १३ भदौ । झापाको मेचीनगर नगरपालिका–१३ मा प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई पक्राउ गरिएको छ । घुस दिन खोजेका मोरङको बेलबारी–११ का ५१ वर्षीय कविरबहादुर तामाङलाई आज पक्राउ गरिएको हो । पूर्वतर्फ आउँदै गरेको को१ज २५४५ नं को पिकअप गाडीमा गाईगोरु ल्याउँदै गरेका चालक तामाङले चारआली चोकमा जाँचमा खटिएका प्रहरीलाई पाँच सय घुस […]

अब भक्तपुरबाट पनि आश्रमको सेवा

काठमाडौँ, १३ भदौ । सडक, प्रतिक्षालय तथा मठमन्दिरमा बस्दै आएका बेवारिसे, असक्त, असहाय तथा मनोरोगीहरुको उद्धार, पालनपोषण, औषधोपचार गरी परिवारमा पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले झक्तपुर जिल्लाबाट पनि सेवा शुरु गर्न लागेको छ । आगामी असोज १ गतेबाट भक्तपुरमा आश्रम स्थापना गरी सेवा शुरु गर्न आवश्यक प्रक्रिया शुरु गरिएको आश्रममका ३ नं प्रदेश संयोजक सुमन […]

काठमाडौं महानगरले गर्यो सडकमानव व्यवस्थानका लागि सवारीसाधन हस्तान्तरण

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाले सडकमा बास बस्न बाध्य दीनदुःखी अशक्तहरुका लागि एक थान सवारी साधन हस्तान्तरण गरेको छ । यसको व्यवस्थापनमा सक्रिय मानवसेवा आश्रमलाई महानगरले सवारी साधन हस्तान्तरण गरेको हो । शुक्रबार महानगरपालिकाको सहकार्यमा मानवसेवा आश्रमले सडकमा जीवन व्यतित गर्दै आएका दीनदुःखी अशक्तलाई उद्दार गर्दै आएकोमा यो सेवाकार्यमा अझै सहजताको लागि महानगरले आश्रमलाई […]

घर फर्किरहेका बेला १३ वर्षीया बालिका बलात्कृत

सप्तरी, १३ भदौ । बासप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन् । आरोपितहरुले राति १२ […]

नयाँ शिकार आरक्ष बन्ने भयो कुशे पाटन

जाजरकोट, १३ भदौ । स्थानीय कुशे गाउँपालिकाले ८ र ३ नं वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गाउँपालिकाले ती वडाको माथिल्लो भागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ । गाउँपालिकाले आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी अध्ययन गरेको […]

दलित महिला सीपमूलक कार्यमा आकर्षित

बेझाड, १३ भदौ । दलित महिलालाई लक्षित गरेर स्थानीय सरकारले विभिन्न सीपमूलक तालीम, कार्यक्रम ल्याउन थालेपछि उनीहरु सीप सिक्ने कार्यमा सरिक हुने गरेका छन् । सिलाइकटाइ, स्वीटर बुन्ने, चुरामा बुटिक भर्नेजस्ता तालीम स्थानीय सरकारले चलाउँदै आएको छ । तालीममा सहभागी हुने अवसर पाएपछि आयमूलक व्यवसायमा महिला अगाडि बढेका छन् । रामपुरकी टीका सुनारले कपडामा कडाइ […]

मापदण्ड पालना नगर्ने उद्योग र अस्पताल कारवाहीमा

काठमाडौँ, १३ भदौ । वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई कारवाहीका लागि सिफारिश गरेको थियो । […]

जग्गा विवादले प्रसारण लाइन निर्माण रोकियो

म्याग्दी, १३ भदौ । कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर निर्माणमा अवरोध भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले अवरोध पु¥याएका हुन् ।आयोजना र पीडित घरधनीहरुबीच दुई वर्षदेखिको विवादले प्रसारण लाइन निर्माण रोकिँदा जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुनाका साथै उत्पादित विद्युत् खेर जाने स्थिति सिर्जना भएको […]

मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै

जलेश्वर, १३ भदौ । उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् । यहाँका पुरुष एकाबिहानै रक्सी सेवन […]

पानी भण्डारण ट्याङ्की बनाइने

ललितपुर, १३ भदौ । ललितपुर महानगरभित्र पानी भण्डारणका लागि ट्याङ्की बनाइने भएको छ । महानगर वरपर विपद् र आगलागी हुँदा अग्नि नियन्त्रणका लागि सो ट्याङ्की बनाउन लागिएको हो ।महानगरभित्र सात ट्याङ्की निर्माण गर्ने योजना अघि बढेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताए । “ मङ्गलबजारस्थित वडा नं ११ मा ३० हजार लिटरको सो […]