जाजरकोट, १४ भदौ । “माओवादी आउँथे, घरमा पकाएको खाना खान्थे,। कार्यक्रममा बोलाएर लैजान्थे, त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान् भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि १८ वर्ष बितिसक्यो”, भेरी नगरपालिका–१ पिपेकी बली रानाले भनिन् । माओवादी द्वन्द्वका क्रममा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका श्रीमान् फर्केर आउँलान् भनेर कुर्न थालेको उनलाई वर्षौं बित्यो । उनलाई बेपत्ता श्रीमान् फर्केर […]
समाज
आठ एमभिए क्षमता वृद्धि
इनरुवा, १४ भदौ । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि गरिएको छ । सो क्षमता वृद्धि भएसँगै यस क्षेत्रमा मागभन्दा बढी विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । शुक्रबार इनरुवा वितरण केन्द्रमा नयाँ पावर ट्रान्सफर्मर जडान गरिएको छ । इनरुवा नगरपालिका–३ मा रहेको वितरण केन्द्रमा आठ एमभिएको ट्रान्सफर्मर हटाएर १६ एमभिएको […]
भारतबाट घर फर्केका नेपाली गड्डाचौकी नाकामा लुटिए
भीमदत्तनगर, १४ भदौ । कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली यहाँ आइपुगेको छ । कञ्चनपुरको गड्डाचौकीबाट आज बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको नगद र सामान लुटिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले गड्डाचौकीमा हालै स्थापना गरेको सीमा […]
नाकासँग जोडिँदै सडक
तुलसीपुर, १४ भदौ । कुनै समय सडक–सञ्जालदेखि टाढा रहेको दाङको सीमानाका पछिल्लो समय सडक सञ्जालले जोडिन थालेको छ । सडक सञ्जाल विस्तार नहुँदा सीमा नाकाले जिल्ला सदरमुकामलाई बिरानो ठान्दै आएको थियो तर अब भने नाका क्षेत्र सडकसँग जोडिन थालेपछि नाकावासी खुशी भएका छन् । “पहिले नाका क्षेत्र निकै पिछडिएको थियो, सडक सञ्जालको विस्तार हुन सकेको […]
नेपाल भ्रमण वर्ष सफल बनाउन व्यस्त पाँचपोखरी
मेलम्ची, १४ भदौ । नेपाल सरकारका १०० गन्तव्यभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । सरकारका १०० गन्तव्यभित्र परे पनि पाँचपोखरीमा अझै पनि पर्याप्त पर्यटक भित्रने गरेका छैनन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा गाउँ–गाउँमा पर्यटक भित्र्याउन सबै लागिपरेका देख्न सकिन्छ । पाँचपोखरी आफैमा […]
यातायात खर्चबाट सुत्केरी वञ्चित
दमौली, १४ भदौ । तनहँुको दमौलीस्थित सरकारी अस्पतालमा सुत्केरी गराएका महिला यातायात खर्च पाउनबाट वञ्चित भएका छन् । गत आर्थिक वर्ष २०७५/७६ मा अस्पतालमा सुत्केरी गराएका २३ महिला यातायात खर्चबापतको रकम पाउनबाट वञ्चित भएका हुन् । सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत सरकारले रु दुई हजार र नियमित चार पटक गर्भ परीक्षण […]
विद्यालयमा झडप भएपछि परीक्षा नै रोकियो
सर्लाही । दुई पक्षबीचको झडपका कारण तनावग्रस्त बनेको हरिपुर्वा नगरपालिकास्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा अझै पनि तनाव कम भएको छैन । मंगलबार एक पक्षले विद्यालयमा तोडफोड गर्न खोजेपछि भइरहेको त्रैमासिक परीक्षा रोकिएको छ । सोमबार विद्यालय परिसरभित्र भएको अभिभावक भेलामा दुई पक्षबीच झडप भएको थियो । मंगलबार पुनः तनाव भएपछि विद्यालयको पहिलो त्रैमासिकपरीक्षा रोकिएको हो । विद्यालयमा सुरक्षाकर्मी […]
हिन्दु राज्यमा नै हिन्दू धर्ममाथि प्रहार भएको भन्दै राणाले जनाए यस्तो आपत्ती
काठमाडौँ, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले हिन्दू धर्ममाथि प्रहार हुन खोजेको बताउनुभएको छ । नेपाल गृहस्थ धर्मसेवा सदन सामाखुशीले कुशे औँसीका अवसरमा आज यहाँ आयोजना गरेको ‘पिता सम्मान कार्यक्रम’मा उनले सनातनदेखि चल्दै आएको धर्ममाथि प्रहार हुन खोजेको बताएका छन । “परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व हो”, […]
सामूहिक गौहत्या गर्नेलाई कारवाही गर्न माग, एक पक्राउ
काठमाडौँ, १३ भदौ । सामूहिक गौहत्याको छानबिन गर्न माग गरिएको छ । गएराति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई सुर्खेत वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका थिए । साथै १५० वटा गाई घाइते अवस्थामा रहेका छन् । ती गाईको हत्या गर्नेमाथि चौतर्फी कारवाहीको माग भएको हो । यसैक्रममा शहरी विकासमन्त्री मोहम्मद […]
देशभर एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेको ठहर
भक्तपुर, १३ भदौ । नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् । भक्तपुर जिल्ला अदालतले आज आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला कार्यान्वयन एकाइका महानिर्देशक गजेन्द्रबहादुर सिंहले एक लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको र […]











