मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर

घोडाघोडी, १४ भदौ । कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ । देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ । स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी […]

तनहुँमा नौ जनामा डेङ्गु

तनहुँ, १४ भदौ । जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको […]

जीप दुर्घटनामा चालकको मृत्यु

रोल्पा, १४ भदौ । शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो । दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्र्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले […]

दुर्घटनामा एकको मृत्यु

खस्यौली, १४ भदौ । पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज १७४६ नंको बोलेरो […]

एकै वर्षमा रोपिए एक लाख ५३ हजार बिरुवा

फिदिम, १४ भदौ । पाँचथरमा डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक लाख ५३ हजार ३५० विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको जनाएको छ । वृक्षरोपणका औपचारिक कार्यक्रम तथा हरियाली निर्माणका लागि नियमित हुने वृक्षरोपण अभियान फलदायी नभएको आरोप लागिरहेका बेला कार्यालयले काष्ठ, गैरकाष्ठ रुखका तथा जडीबुटीका गरी उक्त सङ्ख्यामा बिरुवा रोपण गरिएको जनाएको हो […]

न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्न आग्रह

दाङ, १४ भदौ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले नागरिकलाई न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्नु राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व रहेको बताएका छन् । अफिसर्स क्लबले आज बिहान गरेको बिदाई कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीको मुख्य काम राज्यले आफूलाई सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नु रहेको बताए । थोरै बचेको समय व्यवस्थापन गरी सामाजिक काममा […]

दुई सय ५५ विपन्न परिवारलाई घर निर्माण

सुरुङ्गा १४ भदौ । बाढी प्रभावित क्षेत्र, सीमान्तकृत र विपन्न समुदायका २५५ परिवारले नयाँ घर पाएका छन् । सामुदायिक आवास कार्यक्रमअन्तर्गत ह्याविट्याट नेपाल र सहारा नेपालको आर्थिक तथा प्राविधिक सहयोग अनि स्थानीय तहको सहकार्यमा झापाका सात स्थानीय तहमा २५५ घर निर्माण गरिएका हुन् । घर निर्माणका लागि प्राविधिक सहयोगसहित ह्याविट्याड नेपालले प्रतिघर ५० हजार, सहारा […]

बेचबिखनविरुद्धको दिवस मनाउन शुरु

कञ्चनपुर, १४ भदौ । भीमदत्तनगरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३ औँ राष्ट्रिय दिवस साताव्यापीरुपमा मनाउन शुरु गरिएको छ । ‘सरकारको प्रतिबद्धता, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ भीमदत्त नगरपालिकाको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले संयुक्तरुपमा दिवस मनाउन थालेका हुन् । नगरपालिकाका उपप्रमुख सुशीला चन्दले पश्चिमी सीमानाका गड्डाचौकीबाट मानव […]

गाई मृत भेटिएको घटनाप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ, १४ भदौ । नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत कटकुवा वन क्षेत्रमा करीब दुई दर्जन गाई मृत र सयौँको सङ्ख्यामा घाइते अवस्थामा भेटिएको सामाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलले शुक्रबार एक विज्ञप्तिमार्फत गाई राष्ट्रिय जनावर मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व रहँदै आएको उल्लेख गर्दै नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या […]

खण्डहर बन्दै मुक्त हलिया बस्ती

डोटी, १४ भदौ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर बन्दै गएको छ । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जानथालेको छ । सरकारले यसै वर्ष पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभाकारी […]