राजविराज, १४ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ वस्लपुरको पानीट्याङ्की नजिक चट्याङ लागेर आज एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–९ लक्ष्णपट्टीका ६० वर्षीय राजेन्द्र मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जनकारी दिए । घटनाका बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
समाज
तीजमा सार्वजनिक बिदा
दमौली, १४ भदौ । तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए […]
बलात्कारको आरोपमा एक जना पक्राउ
सप्तरी, १४ भदौ । सप्तरीको राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निराले पक्राउ परेका छन् । पैदल घर फर्किरहेका बेला बिहीबार राति ७ बजे राजविराजको मुख्य बजारबाटै अपरहणमा परेकी बालिका बलात्कृत भएकी थिइन् । बालिकालाई नशालु पदार्थ […]
यौनजन्य दुव्र्यवहारका आरोपी वडाध्यक्ष धरौटीमा रिहा
तनहुँ, १४ भदौ । यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् । वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर पाँच दिनपछि शुक्रबार तारेखमा छाडिएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । “मुद्दा अहिले विचाराधीन अवस्थामा छ”, उनले […]
ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु
रुकुम पश्चिम, १४ भदौ । रुकुम आठबीसकोट नगरपालिका–६ मन्काबगरमा आज विहान ट्र्याक्ट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । दुर्घटनामा परी घाइते […]
कोदोबाली मर्न थालेपछि किसान चिन्तित
गाईघाट, १४ भदौ । लामो समयसम्म खडेरीको कारण मकैबाली पूर्ण रुपमा नष्ट भएर आहत बनेका उदयपुर जिल्लाको पहाडी क्षेत्रका किसानले लगाएको कोदोबाली पर्याप्त वर्षाको अभावमा मर्न थालेपछि अहिले उदयपुरका पहाडी क्षेत्रका किसान चिन्तित बन्न थालेका छन् । साउन महीनाको पहिलो हप्तादेखि जिल्लाको पहाडी क्षेत्रका किसानले आफ्ना घरबारी जग्गामा लगाएको कोदोबाली पर्याप्त वर्षा हुन नसक्दा र […]
गैँडाको आक्रमणमा तीन घाइते
राजापुर, १४ भदौ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो । आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको छ । आक्रमणबाट बारबर्दिया […]
सेनाले बारा र पर्सामा बनाएको घर हस्तान्तरण गर्ने
काठमाडौँ, १४ भदौ । हावाहुरी, असिनापानीसहितको चक्रपातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर यसैसाता हस्तान्तरण गरिने भएको छ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखलले आवास निर्माण गरिएको क्षेत्रमा आयोजित समारोहमा आगामी बुधबार स्थानीयवासीलाई नवनिर्मित भवन हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । गत चैत १७ गते […]
अल्लोबाट तयारी पोशाकबाट महिलाहरु आत्मनिर्भर बन्दै
घोराही, १४ भदौ । भनिन्छ, हातमा सीप र मनमा जाँगर भए पैसा आफै पछि लागेर आउछ । घोराही उपमहानगरपालिका– १४ निवासी प्रेमकुमारी पुन मगर (५५) एक मेहेनती महिला उद्यमी छिन् । उनले घोराहीमा स्थानीय कच्चा पदार्थ अल्लोबाट विभिन्न तयारी पोशाक बनाउने उद्योग सञ्चालन गरेकी छिन्। उमेर उकालो लाग्दैछ तर उनको मेहेनती तनमन कहिले ओरालो झरेको […]
बागमती सफा बनाउन जुट्यो ललितपुर महानगर पनि
काठमाडौँ, १४ भदौ । वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिने भएको छ । वाग्मती सफाइ महाअभियानको ३२९औँ हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयवासीको सहभागितासमेत जुटाएर सफाइ अभियान चलाउने प्रतिबद्धता जनाए । नदीमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाही गर्ने गरी तयारी […]











