स्कार्पियो गाडीसहित गएर डकैती गर्ने गिरोह पक्राउ

विराटनगर, १२ भदौ । स्कार्पियो गाडीसहित गएर लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विभिन्न ठाउँमा डकैती गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका मध्ये चार जना नेपाली र ३ जना भारतीय नागरिक रहेका छन् । उनीहरुले बिराटनगरको विभिन्न स्थानबाट २० लाख ९० नब्बे हजार भन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बिहिवार बिहान ३ बजे नै ईप्रका पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो । उनीहरुलाई प्रहरीले द्यच्घद्दएब्द्दडघट नंम्बरको भारतीय स्कारपियो गाडी सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट अन्य सामानहरु पनि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँका सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...