काठमाडौँ, ४ मङ्सिर। प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मङ्गलबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक […]
समाज
नख्खु कारागारमा तीन पूर्वमन्त्री सँगै बस्छन् आलम
काठमाडौँ, ४ मंसिर। विभिन्न आरोपमा मुछिएका तीन जना पूर्वमन्त्रीले एकै कारागारमा बन्दी जीवन बिताइरहेका छन् । ललितपुरको नख्खु कारागारमा मोहम्मद आफतव आलम, सञ्जय साह ‘टक्ला’ र नवीन विश्वकर्माले बन्दी जीवन बिताइरहेका छन् । आलमलाई बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा जिल्ला अदालत रौतहटले कात्तिक २९ मा पुर्पक्षका लागि जेल चलान गरेको थियो । अदालतको आदेशमा […]
बबरमहलको प्रबलीकरण सुरु
काठमाडौँ, ४ मङ्सिर । भूकम्पले क्षतिग्रस्त राणाकालीन भवन बबरमहलको प्रबलीकरण सुरु भएको छ । गत असारमै सम्झौता भए पनि काममा ढिलाइ भइरहेको थियो । भवनमा रहेका कार्यालयहरूको सामान स्थानान्तरण गर्ने स्थान अभावमा काम ढिलाइ भएको प्राधिकरणले जनाएको छ । अहिले भवनमा रहेका कार्यालयका सामग्रीहरू राख्ने टहरा बनाई स्थानान्तरण गरिएको छ । प्रबलीकरण दुई वर्षमा सक्ने […]
सुराकीको सहयोगमा काठ तस्कर पक्राउ
जाजरकोट, ४ मंसिर । डिभिजन वन कार्यालय, जाजरकोट र नेपाल प्रहरीको संयुक्त गस्ति टोलीले सोमबार राती दुई जना अवैद्य काठ तस्करलाई पक्राउ गरेको छ । बिशेष सुराकीको सहयोगमा डिभिजन वन कार्यालय र नेपाल प्रहरीको संयुक्त गस्ति टोलीले शिवालय गाउँपालिका–९ बालुवाबाट दुईजना अवैद्य काठ तस्करलाई पक्राउ गरेको हो । ४३ थान सालको चिरान काठ सहित शिवालय […]
सरसफाइ अभावमा दैनिक चार बालबालिकाले गुमाउँछन् ज्यान
काठमाडौं, ४ मंसिर । नेपालमा सरसफाइ अभावमा दैनिक औसत चार बालबालिकाले ज्यान गुमाउने गरेको पाइएको छ। सातौं विश्व शौचालय दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले नेपालमा सरसफाइ अभावमा वार्षिक १४ सय ५ वर्ष मुनिका बालबालिकाको ज्यान जाने गरेको बताए। उनका अनुसार सन् २००० मा वार्षिक १० हजार […]
प्रमुख खेलाडीहरु कारवाहीमा पर्दा पनि कुवेतसँग नेपाल १–० ले पराजित
काठमाडौं, ३ मंसिर । भुटानमा भएको विश्वकप छनौटमा नेपाल कुवेतसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली कुवेतको टोलीसँग १–० ले पराजित भएको हो । नेपाली टोली १–० ले पराजित भए पनि यसलाई सुधारिएको प्रदर्शन मानिएको छ । राष्ट्रिय टिमका चर्चित खेलाडीहरु खेलको मुखैमा आएर केही दिन अघि अनुशासनको कारवाहीमा पर्दा […]
आलमलाई कानुनअनुसारको कारबाहीमा हाम्रो समर्थन छ: कांग्रेस
काठमाडौं ३ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसद मोहम्मद अफताव आलमलाई कानुनले गरेको कारवाहीमा समर्थन रहने जनाएको छ । बम विस्फोटका घाइतेलाई जिउँदै इटाभट्टामा हालेर मारेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका आलमलाई कानुन अनुसार कारवाही भए आफ्नो पार्टीका लागि मान्य हुने जनाएको छ । मंगलबार पार्टी मुख्यालमा पत्रकार सम्मेलन गरेर कांग्रेसले आलमलाई […]
सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा, मंसिर ४ गते पोखरामा समापन
काठमाडौँ, ३ मंसिर। नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत पहिलो चरणको सो अभियान आगामी मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिदै छ । सो अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो । हालसम्म यस अभियान अन्तर्गत अपार […]
बेपत्ता पत्रकार खड्काको १४ महिनापछि अवशेष भेटियो
धनगढी, ३ मंसिर । बेपत्ता बाजुराका पत्रकार तेजु खड्काको अवशेष भेटिएको छ । गत वर्ष भदौ ९ गते बाजुराकै बुढीनन्दा दर्शनका लागि गएका पत्रकार खड्का हालसम्म पनि बेपत्ता थिए । खड्कको १४ महिनापछि जिल्लाको लौरी विनायक भन्ने स्थानमा स्थानीयले अवशेष भेटाएको दाबी गरेका छन् । उक्त स्थानबाट उनको पर्स र झोला लगायतका सामान भेटाएको स्थानीयले […]
अयोध्यामा सुरु भयो अर्को नयाँ विवाद
काठमाडौँ ३ मंसिर । भारतमा सर्वोच्च अदालतले अयोध्यामा मन्दिर र मस्जिदको विवाद टुंग्याउँदै उक्त भूमि मन्दिरका लागि भन्दै फैसला गरिदियो । अदालतले रामललाका लागि जमिन सुम्पिए पनि फेरि नयाँ विवाद उत्पन्न भएको छ । अदालतले मन्दिर बनाउन सरकारबाट तीन महिनाभित्र एक ट्रस्ट बनाउनुपर्ने आदेश दिएको थियो । तर मन्दिर निर्माण अभियानका साधु–सन्तका विभिन्न संगठनबचि विवाद […]











