आलमलाई कानुनअनुसारको कारबाहीमा हाम्रो समर्थन छ: कांग्रेस

काठमाडौं ३ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसद मोहम्मद अफताव आलमलाई कानुनले गरेको कारवाहीमा समर्थन रहने जनाएको छ । बम विस्फोटका घाइतेलाई जिउँदै इटाभट्टामा हालेर मारेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका आलमलाई कानुन अनुसार कारवाही भए आफ्नो पार्टीका लागि मान्य हुने जनाएको छ ।

मंगलबार पार्टी मुख्यालमा पत्रकार सम्मेलन गरेर कांग्रेसले आलमलाई पार्टीबाट निस्काशन नगरेपनि कानुनअनुसारको कारवाहीमा भने पार्टीको समर्थन रहने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘कानुनबमोजिम हुने कारवाहीमा हाम्रो समर्थन रहन्छ,’ प्रवक्ता शर्माले भने, ‘कांग्रेसलगायत दल मिलेर फौजदारी अभियोग लागेमा निलम्बन हुने र ६ वर्ष चुनाव लड्न नपाउने कानुन बनाएका छौं। यस्ता घटनामा कानुनअनुसार हुने कुरा मान्य छ।’

आलम पूर्पक्षका लागि नख्खु जेलमा छन् । रौतहट जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । रौतहटमा सुरक्षा नभएपछि उनलाई नख्खु जेल ल्याएको हो ।

Loading...