जुम्लामा ३ हजार प्रतिष्ठानमा ८ हजारले पाए रोजगारी

खलङ्गा, २७ कात्तिक । सरकारले विसं २०७५ मा गरेको आर्थिक गणना जिल्लास्तरमा सार्वजनिक गरेको छ । नेपाल सरकारले गरेको आर्थिक गणना जिल्ला तथ्याङ्क कार्यालयले एक कार्यक्रमका बीच जुम्लामा सार्वजनिक गरेको हो । कार्यालय प्रमुख शङ्करदत्त भट्टले सार्वजनिक गरेको प्रतिवेदनमा कर्णाली प्रदेशमा आर्थिक प्रतिष्ठान र यसमा रोजगारी पाउने व्यक्तिको सङ्ख्या कम भएको बताइएको छ । प्रतिवेदनमा […]

मलेशिया पुगेको दुई महिनामै मृत्यु

बेझाड, २७ कात्तिक । वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेशिया दुई महिना […]

वृद्धवृद्धा तथा अशक्तलाई घङ्गारुको लठ्ठी दिन व्यस्त चन्द्रप्रसादको अवकास जीवन

खोटाङ, २७ कार्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्य यतिखेर घरैमा घङ्गारुको लठ्ठी निर्माण गरेर ८० वर्षमाथिका वृद्धवृद्धा तथा अशक्तलाई वितरण गर्नमा व्यस्त हुनुहुन्छ । विसं २०७४ जेठ १९ गते सरकारी (जागिर नायबसुब्बा) बाट अवकाश प्राप्त ६३ वर्षीय आचार्यले एक वर्षभित्र एक हजार आठ ज्येष्ठ नागरिक तथा अशक्तलाई लठ्ठी प्रदान गर्ने लक्ष्यका साथ […]

पर्यटक भित्र्याउने योजनामा तीन नगरपालिका

मेलम्ची, २७ कात्तिक । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर सिन्धुपालचोकका तीन नगरपालिकाले महत्वाकांक्षी योजना घोषणा गरेका छन् । दीर्घकालीन रुपमा पर्यटन प्रवद्र्धनका लागि तीन नगरपालिकाले ठूलो लगानी गर्ने योजना अघि सारेका हुन् । जिल्लाको केन्द्र भागमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले भ्रमण वर्षलाई समेत लक्षित गरी रु तीन करोड विनियोजन गरेको छ । नगर […]

जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ

चितवन, २७ कात्तिक । माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर जाने […]

वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने

नवलपुर, २७ कार्तिक । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । सडकमुनिबाट वन्यजन्तु […]

‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’

बलेवा, २७ कात्तिक । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर । आफैँमा सुन्दर पोखरा शहरमा रहेको फेवातालले पर्यटकको मन खिच्ने गरेको छ । तालैतालको शहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका शहर तथा गाउँको भ्रमण गर्छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष […]

संगीतमा मिठो ताल दिने मादल बनाउने पेसा संकटमा

तुलसीपुर, २७ कात्तिक । दाङ तुलसीपर उपमहानगरपालिका–७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थे । पछिल्लो समय उनलाई सिजनमा पनि १५÷१६ वटा बेच्न धौधौ छ । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”, उनले भने, “तर पछिल्लो समय हामीले बनाएका मादल नै बिक्न छाडेका छन्, यसले गर्दा हामी निराश भएका छौँ ।” चाडपर्वको […]

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

बाँके, २७ कात्तिक । बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ । यही कात्तिक २३ र २६ गते जङ्गलमा […]

तीनै तहका सरकारबीच समन्वय अभावले समस्या

पर्वत, २७ कात्तिक । मुुलुकमा रहेका तीनै तहका सरकारका बीचमा समन्वय नहुँदा जिल्लामा विकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक समीक्षा कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयको अभाव खड्किएकाले जनअपेक्षाअनुसारका काम हुननसकेको […]