रिब्दीकोट गाउपालीकाले किसानहरुलाई एक दिने हाते ट्रयाक्टर मर्मत तालिम

पाल्पा,४ पौष । पाल्पा जिल्लामा गाउँपालिकाले कृषिमा आधुनिकिरण गर्ने उद्धेश्य बोकेर आधुनिक हाते ट्रयाक्टरहरु बितरण गरिरहकै बेला । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले पनि गाउँपालिका भित्र रहेका कृषकहरुलाई कृषिबाट समृद्ध बनाउने उदेश्य लिएर ५० प्रतिशट अनुदानमा कम्बाइन्ड मिल र हाते ट्याक्टर बितरण गरेको थियो ।

यसै बिच रिब्दीकोट गाउँपालिकाले बिहीबार एक कार्यक्रमका बिच ६० जना कृषकहरु लाई हाते ट्रयाक्टर र कम्बाइन्ड मिल प्रयोग तथा मर्मत सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । तालिमको उद्घाघाटन गदै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिशिले आबश्यक ज्ञान लिएर सिकेको कुरा लाई ब्यावहारमा उतारी कृर्षीबाट राम्रो फाईदा लिन समेत सबै सहभागीलाई आग्राह गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषिराज आर्यालले मेसिनहरु सहि प्रयोग गर्न सके लामो समय टिक्नुका साथै बढी फाइदा लिन सकिने, खनजोत गर्दा गर्दै बिग्रेमा कृषक आफैले मर्मत गर्न सकुन भन्ने उद्देश्य लिएर तालिम दिएको बताए । मेसिन पाएका किसानहरु मर्मत सम्बन्धी तालिम गाउँपालिका बाट प्रदान गरेकोमा स्थानिय कृषकहरु खुसी भएका थिए ।

सहभागिहरु लाई बुटवल बाट आएका राजेन्द्र यादव, चुराबहादुर थापा, बैकुण्ठ पन्त लगाएत अन्य मेकानिकहरुले तालिम को सहजिकरण गरेका थिए । तालिम रिब्दीकोट गाउँपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न गरिएको रिब्दीकोट गाउपालीका अध्यक्ष नारायण बहादुर जिशिले जानकारी दिए ।

Loading...