सिन्धुपाल्चोक ६ किलो दुर्घटनामा बाँच्न सफल बालिकालाई प्रधानमन्त्रीले पाल्ने !

काठमाडौं । सिन्धुपाल्चोक ६ किलो दुर्घटनामा बाँच्न सफल अन्दाजी ६र७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। बुधबार मात्र सिन्धुपाल्चोक सुनकोशी गाउपालिकाका स्थानीय सरकारलाई प्रधानमन्त्रि कार्यलयबाट फोन गरी ति नानीको राम्रो हेरविचार गर्न सुझाब दिएको जनाएको छ । उपचार देखि सबै खर्च सरकारले गर्ने समेत भएको बताइएको छ ।

आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

 

Loading...