संसदीय दलको बैठकअघि ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौँ ४ मंसिर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी भएको महासचिव पौडेलले जानकारी दिए । भेटवार्तामा स्थायी समिति बैठकमा उठेका प्रश्न लगायतका विषयमा पनि कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाको स्थायी कमिटी सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । त्यस्तै राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा राजपासँग सहकार्य गर्ने सम्झौताका बारेमा समेत सदस्यहरुले प्रश्न उठाएका थिए । यसैबीच शुक्रबार संसद सुरु हुनुअघि नेकपा संसदीय दलको बैठक पनि बस्दै छ । दलको बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता भएको हो । संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

नेम्वाङका अनुसार दलको बैठकमा शुक्रबारै ४ बजेबाट सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनबारे सांसदहरुलाई ब्रिफिङ गराइनेछ । संसदको एक अधिवेशन अन्त्य भएपछि अर्को बैठक बस्नु अघि दलको बैठक बस्ने परम्परा छ । काठमाडौँ ४ मंसिर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी भएको महासचिव पौडेलले जानकारी दिए । भेटवार्तामा स्थायी समिति बैठकमा उठेका प्रश्न लगायतका विषयमा पनि कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाको स्थायी कमिटी सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । त्यस्तै राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा राजपासँग सहकार्य गर्ने सम्झौताका बारेमा समेत सदस्यहरुले प्रश्न उठाएका थिए । यसैबीच शुक्रबार संसद सुरु हुनुअघि नेकपा संसदीय दलको बैठक पनि बस्दै छ । दलको बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता भएको हो । संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । नेम्वाङका अनुसार दलको बैठकमा शुक्रबारै ४ बजेबाट सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनबारे सांसदहरुलाई ब्रिफिङ गराइनेछ । संसदको एक अधिवेशन अन्त्य भएपछि अर्को बैठक बस्नु अघि दलको बैठक बस्ने परम्परा छ ।

Loading...