झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा विर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६११६ नंको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुङ्गेललाई आज विहान ठक्कर दिँदा उहाँको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने बस, बसचालक पर्सा गढी नगरपालिका–९ का ३९ वर्षीय वेदबहादुर सुवेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Loading...