बनेन नेपाल चीन सीमा अनुगमन संयन्त्र: सगरमाथाको उचाइ र पिल्लरको विषयमा अस्पष्टता

काठमाडौं, २८ कात्तिक । नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको छ । सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन नसकेको हो । नेपाल चीनबीच प्रत्येक १० वर्षमा संयुक्त अनुगमन हुने गरेकोमा सन् २००७ पछि अनुगमन भने हुन सकेको छैन । सीमासम्बन्धी जानकार नेपाल चीनबीचको […]

सुन्दरपुरमा महिलाको धारिलो हतियार प्रहार गरी बिभत्स हत्या

सर्लाही, २८ कार्तिक । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या गरी झोलामा हालेर फाल्न […]

पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे

भद्रपुर, २८ कात्तिक । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू […]

अटो चालक पेस्तोलसहित पक्राउ

राँझा, २७ कात्तिक । अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयदलाई आज बिहान पेस्तोलसहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिर्ए । उनका अनुसार आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको […]

नवजात शिशु बचाउनका लागि ‘सुसार’ कार्यक्रम

धनगढी, २७ कात्तिक । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र क्यानाडाको ‘गोल्डेन कम्युनिटी’ को सहयोगमा यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीसहित डडेल्धुरा अस्पतालमा समेत कार्यान्वयन हुन लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । […]

सीमा मिचिएको विरोधमा विद्यार्थी प्ले कार्ड बोकेर प्रदर्शनमा

भक्तपुर, २७ कात्तिक । राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा दिनभरी कक्षामा बस्नुपर्ने विद्यालयका विद्यार्थी प्ले कार्ड बोकेर सडकमा ओर्लिएका छन् । विद्यालयकै पोशाकमा आएका विद्यार्थीले एक हातमा चन्द्रसूर्य अङ्कित नेपालको झण्डा र अर्को हातमा प्लेकार्ड बोकेर आज भक्तपुर परिक्रमा गर्दै ‘गो ब्याक इण्डिया’, ब्याक अफ इण्डिया’ भारतले गरेको नेपालको सीमा अतिक्रमणको […]

अन्न भण्डारमै छैन सिँचाइ

भीमदत्तनगर, २७ कात्तिक । कञ्चनपुरको पुर्नवास नगरपालिका–७ परासनका सुखसागर रानाले जग्गा भाडामा लिएर खेती गर्न थालेको २५ वर्ष भयो । वार्षिक चार बिघा खेत भाडामा लिएर खेती गर्दै आएका राना सिँचाइको व्यवस्था नहँुदा भने अनेकन समस्या झेल्नुपरेको पीडा यहाँ आउने प्रायः जनप्रतिनिधि या कृषिसँग सम्बन्धित निकायका पदाधिकारीसित पोखे । “आफूसित भएको खेतमा लगाएको अन्नले परिवारको […]

स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

डोटी, २७ कात्तिक । जिल्लाका सात स्थानीय तहमा विद्युत् र सञ्चारको वर्षौंदेखि समस्या हुँदै आएको छ । यहाँका जोरायल, बडीकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, आदर्श र केआइसिंह गाउँपालिकामा गतिलो विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयलाई निकै सास्ती हुने गरेको छ । स्थानीय तह गठन भएको दुई वर्ष बितिसक्दासमेत यहाँका सात स्थानीयतहमा अहिलेसम्म विद्युत् र सञ्चारको […]

मृगौला बेच्ने निदान अस्पतालका सिईओसहित पाँच जना कारागार चलान

काठमाडौ, २७ कार्तिक । नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सहित पाँच जनालाई कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । अस्पतालका सिईओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र […]

बङ्गलादेशीहरु नेपाललाई स्वर्ग मान्छन्

श्याम रिमाल काठमाडौँ, २७ कात्तिक । नेपाल बङ्गलादेश मैत्री सङ्घले बङ्गलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारव्यवसायमा अघि बढाउन सकिने सङ्घको विश्वास छ ।  सङ्घका अध्यक्ष दीनदया रिजालले भने, “बङ्गलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध […]