सिङ्गो गाउँ जहाँ सुन्तलाबाट करोडौ बढि आम्दानी हुन्छ

बाग्लुङ, ६ पौष । यसरी चाल्दै गरिएको सुन्तला बिक्रि गरि पोखरा पठाउन थालिएको सुन्तला हो । सुन्तला नबिक्ला भन्नेनै छैन । रुखमा छँदादेखिनै ठेक्कामा दिईन्छ । सुन्तला पाक्न थाल्दादेखिनै टिप्न सुरु हुन्छ । विगत वर्षदेखि सुन्तला खेति गर्दै आएकी सोही ठाउँकी तुलसी खड्का भन्छिन्–‘सुन्तला यहाँका मानिसहरुको राम्रो आम्दानीको स्रोत हो, प्राय सबैका घरमा सुन्तला रोपिएका छन् । उनले आफ्नो जग्गामा करिब १ सय ३० वटा सुन्तलाका बोट रोपेकी छिन् । एउटै बोटबाट १० हजार रुपैयाँसम्मको आम्दानी गर्न सफल कार्की सुन्तला खेतिलाई थप बढाउने योजना छिन् ।

अहिले सिङ्गो गाउँले सुन्तलाबाट एक करोड भन्दा बढि आम्दानी गर्ने अपेक्षा रहेको बताउँछन् राजन खड्का । ‘विगत वर्षमा पनि एक करोडकै हाराहारीमा सुन्तला निकासी भएको थियो’ कार्की भन्छन्–अहिले झनै राम्रो सुन्तला फलेको छ त्यसैले एक करोड भन्दा बढिको सुन्तला विक्रि हुन्छ ।’ गाउँमा प्रायले सुन्तला लगाएका छन् । सयभन्दा बढि किसानले व्यवसायिक रुपमै सुन्तलाको बोट रोपेका छन् । सिगानामा करिव एक हजार रोपनीमा सुन्तलाका बोट रोपिएको छ ।

त्यो क्षेत्रलाई सुन्तला ब्लगको रुपमा अघि बढाईएको छ । बिहुँ, तित्याङ सिगाना, भकुण्डे सुन्तला ब्लगको लागि छुट्याईको क्षेत्र हुन । त्यही कारण पनि सरकारले केही प्रथामिकताका साथ हेरिरहेको छ । किसानहरुलाई सरकारले केही अनुदान दिँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा मात्र कृषि ज्ञान केन्द्रले १० लाख रुपैयाँ अनुदान दिएको कार्कीले बताए ।

सुन्तला खेति गर्दाका केही चुनौतिहरु पनि छन् । रोग लाग्ने, प्रकोप आउने, असिना पर्यो भने फूल खेल्ने बेलैमा झारिदिने आदि समस्या झेल्नु पर्छ । त्यस्तो समयमा सरकारको साथ चाहिन्छ । त्यस बेलाको क्षतिपूर्ति गर्ने सामथ्र्य कृषकहरुमा हुँदैन । त्यस्तो बेलामा सरकारको साथ चाहिन्छ कार्की भन्छन्–‘खास गरि सरकारले प्राविधिक सहयोग र रोग तथा प्रकोप नियन्त्रणको लागि सहयोग गर्नु पर्छ,। समस्या त्यति मात्र होइन, कहिलेकाहीँ सुन्तलाले उचित मुल्य पनि पाउँदैन । पाक्यो भने बेचि हाल्नु पर्ने हुन्छ त्यस कारण बिक्रि व्यवस्थापनको लागि समेत सहयोग गर्नु पर्छ, त्यति गर्यो भने किसानहरुले राम्रो आम्दानी गर्नेछन् ।

Loading...