पिकअप जिप बडिगाडमा दुर्घटना ५ घाइते

बाग्लुङ, ६ पौष । बाग्लुङको खर्वाङ देखि शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं को पिकअप जिप शनिबार बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको जिप सडक वाट झण्डै ३०० मिटर तल खसेको छ ।

दुर्घटनामा परिवडिगाड गाउँपालिका ३ शिसाखानीका २४ बर्षीय चालक रमेश श्रीस, बडिगाड गाउँपालिका ३ सरधाराका २६ बर्षीय शान्ती थापा, उनकै छोरी ६ बर्षीय विविशा थापा, सोहि स्थान वस्ने २३ बर्षीय नुनु रेश्मी र सोहि स्थानकै ३३ बर्षीयचुरा कुमारी थापा घाइते भएका ईलाका प्रहरी कार्यालय खर्वाङका असही मन बहादुर कार्कीले जानकारी दिए ।

घाइते मध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भिर रहेको छ घाइतेको खर्वाङमा सामान्य उपचार पछि पाल्पा मिसन हस्पिटलमा पठाइएको ईलाका प्रहरी कार्यालय खर्वाङले जानकारी दिएको छ ।

Loading...