नुवाकोटको मूलथलामा मिनीट्रक दुर्घटना, २ को मृत्यु, ५ घाइते

काठमाडौं ६ पुस । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ ।

घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बलको नं। १९ गुल्मका प्रहरी निरीक्षकको टोलीसहित नेपाल प्रहरी पनि खटिएको छ । सडकबाट तल खसेको ट्रक क्षतविक्षत भएको छ ।

Loading...