रुपन्देही, २८ कात्तिक । चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू? जनताले यस्तो प्रश्न सोध्दा प्राय नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ । केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्छन् । तर, रुपन्देहीमा भने त्यस्तो भएन । चुनावी प्रतिबद्धताको समीक्षासहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका प्रश्नको जवाफ दिन […]
समाज
छुवाछुतमुक्त नगरपालिका घोषणा हुने
जाजरकोट, २८ कात्तिक । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ । जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो नगरपालिका हो । आगामी जेठ २१ गते जातयि छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा गर्न भेरी नगरपालिकाले झण्डै तीन दर्जन भन्दा बढी सामाजिक अभियान्ता तयार गरी सो सम्बन्धी कामलाई अघि बढाएको […]
सुविधा सामुदायिक एकाइ स्थापना
बेत्रावती, २८ कात्तिक । नुवाकोटको लिखु गाउँपालिका–६ थानसिंहमा स्वास्थ्य एकाइ कार्यालय सञ्चालनमा आएको छ । लिखु गाउँपालिकाको सामाजिक विकास शाखामार्फत ‘सुविधा सामुदायिक एकाइ’ले बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य सुधारमा सेवा पु¥याउने स्थानीय सरकारको लक्ष्य कार्यान्वयनअन्तर्गत स्वास्थ्य एकाइ कार्यालय शुरु गरिएको गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकाइलाई सुविधा सम्पन्न […]
पर्यटकीय स्थल बुलबुलेमा बढे पर्यटक
वीरेन्द्रनगर, २८ कात्तिक । सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा करीब दुई सय विदेशी पर्यटक पुगेका छन् । पछिल्लो समय ताललाई सफा र थप आकर्षित बनाइएकाले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दशँैं […]
रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न
परासी, २८ कात्तिक । बेलायतका जियो फिजिक्स विज्ञको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौँथो पटकको जियो फिजिक्स सर्भे भू–भौतिक अध्ययन सम्पन्न भएको छ । युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म […]
१० किलो गाँजासहित युवक पक्राउ
पर्सा, २८ कात्तिक । नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका–२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो । रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट […]
पेस्तोल सहित दुई पक्राउ
चितवन, २८ कात्तिक । इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो । बा८५प […]
सडक निर्माण हुन लाग्दा स्थानीयवासी खुशी
भजनी, २८ कात्तिक । कैलालीको भजनी नगरपालिका–१ को भजनी–सुखड सडकखण्ड निर्माण हुन थालेपछि स्थानीयवासी खुशी भएका छन् । कालोपत्र भएर पनि ठुल्ठूला खाल्डाखुल्डीका कारण वर्षेनी सास्ती खेप्दै आएका स्थानीयवासी सो सडकखण्डलाई नगरपालिकाले निर्माण गर्न थालेपछि खुशी भएका हुन् । आर्थिक वर्ष २०७५/७६ उक्त सडक निर्माणका लागि नगरपालिकाले रु एक करोड ९५ लाख बजेट विनियोजन गरेको थियो […]
कीर्तिपुरमा बेवारिसे शव फेला
काठमाडौँ, २८ कात्तिक । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५÷४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो । महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले […]
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
सुर्खेत, २८ कात्तिक । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न कम्तीमा दुई वर्ष लाग्ने जनाएको छ । प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर सुरेन्द्र अग्रहरिले लाइन विस्तारका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको […]











