‘भुवा पर्व’ को अवसरमा बिहीबार सार्वजनिक विदा

धनगढी, ८ पुस । ‘भुवा पर्व’ को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले यही पुस १० गते बिहीबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णय बमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।

यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ ।

Loading...