‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक

काठमाडौं, ८ पुष । सरकारले नेपाल पर्यटन वर्ष २०२०को भव्य तयारी गरिरहेको छ । पर्यटन वर्ष २०२० को पुर्वसन्ध्यामा रहँदा चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट २०२० को गीत सार्वजनिक भएको छ । राई इज किङको नाम समेत चर्चित गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो । गीतमा नेपालका किन भ्रमण गर्ने भन्ने कुराको वर्णन तथा नेपालको विशेषता उल्लेख गरिएको छ । गीत अंग्रेजी भाषामा रहेको छ ।

शब्द स्वप्निल बरालको रहेको छ । भने संगित र एरेन्ज बादल लिम्बुले गरेका छन् । यस्तै गीतको भिडियो पनि तयार गरिएको छ । गीत सार्वजनिकसँगै संस्कृति, पर्यटन तथा उडड्नमन्त्री योगेश भट्टराईलाई विशेष धन्यवाद समेत व्यक्त गरिएको छ ।

गीत सार्वजनिकसँगै गायका राईले बैशाली लामालाई दिएको प्रतिबद्धता समेत पुरा गरेका छन् । भ्वाइस अफ नेपालबाट नकाउट चरणबाट बारिरिएपछि लामासँग एउटा डोउट गीत गाउने घोषणा गरेका थिए ।लामा बाहिरिएपछि सांगतिक कार्यक्रमको शिलशिलामा विदेशमा रहेको गायक राईले नेपाल चाँडै फर्किन्न लागेको बताउँदै नेपाल आएपछि गीत गाउन चाहेको बताएका थिए ।

दार्जिलिङको बैशाली भ्वाइस नेपाल सिजन २ को नकाउन्ट चरणासम्म र ‘द भ्याइस अफ इन्डिया’को सिजन २ मा तेस्रो चरणसम्म पुगेकी थिइन् ।

Loading...