रहिनन् सबभन्दा धेरै छावा जन्माउने ‘पूजाकली’

चितवन, ८ चितवन । राष्ट्रिय निकुञ्जमा सबभन्दा धेरै ६ वटा छावालाई जन्म दिएकी ‘पूजाकली’ हात्तीको मृत्यु भएको छ। पूजाकलीको मंगलबार बिहान ७ बजे निकुञ्जस्थित हात्तीसारमा मृत्यु भएको निकुञ्जका शाखा अधिकृत बुधन चौधरीले जानकारी दिए । २०४६ सालमा पूजाकलीलाई कोशी टप्पु वन्यजजन्तु आरक्षबाट ल्याइएको थियो।

चितवनमा राष्ट्रिय निकुञ्जमा रहँदा पूजाकलीले अहिलेसम्मकै धेरै ६ वटा छावालाई जन्म दिइन्। ६ वटा छावामध्ये ४ भाले र २ पोथी छन्। उनका दुइटा छावा भने शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा लगिएको छ भने बाँकी ४ वटा छावा चितवन राष्ट्रिय निकुञ्जमै छन्। २०७५ सालमा पूजाकलीले आफ्नो अन्तिम छावालाई जन्म दिइन्। उनको पहिलो छावा हिमानीकली अहिल २६ वर्षकी छिन्।

पूजाकलीको एक वर्षदेखि नियमित उपचार गरिँदै आएको निकुञ्जका वरिष्ठ चिकित्सक डा  विजय श्रेष्ठले जानकारी दिए।धेरै रोगको परीक्षण गरेर उपचार गरियो तर रोग पत्ता लागेन उनले भने । अहिले पूजाकलीको शव परीक्षणको तयारी भइरहेको चौधरीले बताए।

Loading...