विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान

दाङ, ८ पुस । दुई महिना पहिले दाङको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् ।दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना बिप्लव समुहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर नेताहरुलाई फेरी पक्राउ गर्न प्रहरी तयार अबस्थामा रहेका कारण उनिहरुले धरौटी तिर्न नसक्ने भन्दै करागार जाने निधो गरेका हुन् ।

अदालतको आदेश अनुसार धरौटीमा छुट्टे तयारी गरेका नेताहरुलाई प्रहरीले अन्य मुद्धामा पक्राउ गर्ने तयारी गरेपछि आफुहरु धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिईएको पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द वीरजंगले जानकारी दिए । अदालतबाट छुट्ने बित्तीकै प्रहरीले अन्य मुद्धा लगाएर गिरफ्तार गर्ने देखिएका कारण २१ जना नेताहरुलाई अदालतले कारागार चलान गरेको हो ।

Loading...