राजधानीमा पर्यटन आकर्षणको लागि नाइट लाइफ जीवन्त राख्न भट्टराईको आग्रह

काठमाडौं, ९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  राजधानीमा पर्यटन आकर्षण गर्न रात्रीकालीन गतिविधि बढाउनु पर्ने बताएका छन । राजधानी साँझ ५र६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरे ।

बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले भने, ‘राजधानी ५र६ बजे नै सुतिसक्छ, तर, भ्रमण वर्षमा नाइटलाइफ जीवन्त राखौं, मठमन्दिरलाई लाइटिङ गरौं ।’

मन्त्री भट्टराईले भ्रमण वर्षमा सक्रिय सहभागिताका लागि सबै स्थानीय तहलाई आग्रहसमेत गरे । उपत्यकाभित्रका सम्पदा जोड्ने गरी बस चलाउन सक्ने सम्भावनाबारे अध्ययन गर्न आग्रहसमेत गरे । मन्त्रालयले बुधबार काठमाडौं उपत्यका भित्रका स्थानीय तहका प्रतिनिधिसँग भ्रमण वर्षको तयारीबारे छलफल गरेको छ ।

उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा भन्दा विदेशमा प्रवर्द्धनका कार्यक्रम केन्द्रित गर्न सुझाव दिए । उनले भ्रमण वर्षमा काठमाडौं महानगरपालिकाले सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरे ।

Loading...