नागरिकता कसुरका आरोपी धरौटीमा रिहा

वालिङ, २९ कात्तिक । झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् । स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय चेतनाथ पौडेलले रु तीन/तीन लाख धरौटी दाखिला गरी तारेखमा छुटेका जिल्ला प्रहरी […]

सवारी साधन मैलुङतर्फ केन्द्रित

 रसुवा २९ कात्तिक । सामान आयातका लागि रसुवागढी जाने सबैखाले सवारी साधन मैलुङतर्फको राजमार्गमा केन्द्रित हुन थालेका छन् । जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद भट्टराईका अनुसार वर्षा कम हूँदा गत भदौ ३१ गते पुनः सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्यापु्सीरुबेसि तर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको […]

रामपुरमा नयाँ प्रविधिमा आकर्षण बढ्यो

बेझाड, २९ कात्तिक । पाल्पाको रामपुर नगरपालिकामा निर्माण भएको उच्च प्रविधि हाइटेक को तरकारी टनेलमा आकर्षण बढ्दो छ । पाल्पा जिल्लामै ठूलो क्षमताको टनेल निर्माण भएपछि धेरैले नयाँ प्रविधिको अवलोकन गरी घरघरमा आधुनिक कृषि प्रविधि अवलम्बन गर्न थालेका छन् । यहाँ टनेल निर्माण भएपछि अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, विभिन्न सङ्घसंस्था, व्यक्तिहरु टनेल […]

विप्वल समूहका इञ्चार्ज पक्राउ

जाजरकोट, २९ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली धमिल गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

पर्यटकीयस्थल बढैयातालको विस्तार गरिँदै

नेपालगञ्ज, २९ कात्तिक । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ ।तालमा वनभोज रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, दृश्यावलोकन स्तम्भ निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको काम पनि योजनामा परेको […]

तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

पर्वत, २९ कात्तिक । पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा […]

श्रमिक बालबालिका दुव्र्यवहार भोग्न बाध्य

काठमाडौँ, २८ कात्तिक । श्रमिक बालबालिकाले मानसिक समस्या र धेरै किसिमका दुव्र्यवहार भोग्नुपरेको एक अध्ययनले देखाएको छ । उद्धार गरी संस्थामा रहेका १०३ बालबालिकामा गरिएको अध्ययनले सबैले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमका दुव्र्यवहार भोगिरहेका नतिजा सार्वजानिक भएको हो । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मनोविज्ञान विभाग र बेलायतको किग्स कलेजले संयुक्तरुपमा गरेको अध्ययनमा शारीरिक, यौन, भावनात्मक […]

भारतीय नागरिकको करछलीका लागि नेपालीको नाममा सम्पत्ति

काठमाडौँ, २८ कात्तिक । नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।  राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड १२ लाख तथा आयकरतर्फ रु आठ करोड सात लाख गरी कूल […]

एक दर्जन सडक योजना सम्पन्न

हेटौँडा, २८ कात्तिक । रौतहट र सर्लाही जिल्लामा पक्की पुल तथा सडक निर्माणसम्बन्धी एक दर्जन योजना सम्पन्न भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ । कार्यालयका प्रमुख दारोगा प्रसादले रु ८५ करोडको लागतमा रौतहट र सर्लाहीमा आर्थिक वर्ष २०७५/७६ मा पुल तथा पक्की सडक निर्माण भएको बताइएको छ । साथै कतिपय योजनाका काम पूरा गर्ने […]

७५ मुद्दाका प्रतिवादी बालक

बाँके, २८ कात्तिक । जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन् । विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका ११९ जना बालबालिकालाई बाल सुधार गृह बाँकेमा राखिएको छ । चोरी, लागुऔषध कारोबार र बलात्कारको अभियोग लागेका उनीहरुमध्ये ४६ जना बलात्कार मुद्दासँग सम्बन्धित छन् । “जबर्जस्ती करणी मुद्दाका बालक १०–१८ उमेर समूहका […]