पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

काठमाडौं १० पुस, काठमाडौं । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बिहीबार बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठलाई निमोनिया भएको थियो । निमोनियापछि उनलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो ।

त्यही उपचारका क्रममा बिहीबार उनको निधन भएको हो । पाल्पा रामकोटमा जन्मिएका पूर्वसचिव श्रेष्ठ ०४९ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका थिए । निजामती सेवाको दौरानमा उनले विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

सचिव हुनु अघि उनी आन्तरिक राजस्व विभागका महानिर्देशक थिए। कर अधिकृत हुँदै महानिर्देशक भएका थिए । सचिवबाट रिटायर्ड भएपछि कालीगण्डकी बचाउन अभियानको अभियन्ताको रुपमा काम गरेका थिए।

Loading...