ग्रहण ११:३१ बजे सकिने : खुला आँखाले हेर्न नहुने ग्रहणमा निम्न राशीलाई लाभ हुने भविष्यवाणी

 आज पुस १० गते बिहीवार तदनुसार छब्बीस डिसेम्बर । आजको दिन तिथि अनुसार पौष कृष्ण औशी परेको छ भने पूर्वनिर्धारीत सूर्यग्रहण विहान ८स्४२ बजेबाट शुरु समेत भैसकेको छ ।आजको सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो । सूर्य र पृथ्वीको बीच चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेके पछि पृथ्वीमा लाग्ने ग्रहण नै सूर्यग्रहण हो ।

पनचाङ्ग निर्णायक समितिका सदस्य सचिव समेत रहेका वरिष्ठ ज्योतिष सूर्यप्रसाद ढुंगेलले भक्तपुर पोस्ट संग भने अनुसार सूर्यग्रहण प्रत्यक्ष आखाँले कसैले पनि हेर्नु हुँदैन । अप्रत्यक्ष रुपले हेर्न पनि कुन राशीलाई कस्तो फल मिल्ने भन्ने ज्योतिषीय भविष्यवाणी गरिएको उनको भनाइ छ । शुभ फल प्राप्त हुने राशि भएका मानिसलाई कुनै भाँडामा पानी राखेर त्यसबाट अथवा कुनै सुरक्षित यन्त्रका माध्यमबाट मात्र सूर्यग्रहण हेर्न सुझाव दिइएको छ ।

ज्योतिषीय भविष्यवाणी अनुसार आजको ग्रहणमा निम्न राशीहरुको लागि निम्नानुसार फल प्राप्त हुने उल्लेख गरिएको छ ।

मेष : माननास
वृष : कष्ट
मिथुन : स्त्रीपिडा,
कर्कट : सुख
सिंह : चिन्ता
कन्या : ब्यथा
तुला : श्रीप्राप्ति
वृश्चिक : क्षती
धनु : घात
मकर : व्यय
कुम्भ : लाभ
मीन : सुख

तर, सूर्य ग्रहणले मानव जीवनमा पार्ने प्रभाव बारे कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको खगोलविदहरु बताउछन । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले टेलिस्कोपको सहायताबाट सूर्यग्रहण अवलोकन गराइरहेको छ । खुला आँखाले भने कसैले पनि सूर्यग्रहण हेर्नु नहुने समितिको समेत सल्लाह रहेको छ । २ घण्टा ४९ मिनेट लाग्ने आजको ग्रहण १०स्०१ बजे मध्य हुने र ११स्३१ बजे समाप्त हुने बताइएको छ ।

Loading...