ठिनी, १ मङ्सिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ ।जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक […]
समाज
विमल घर्तीमगरसहित चार खेलाडी मध्यरात ठमेलका बारमा भेटिएपछि बर्खास्त, विश्वकप छनाैटमा वैकल्पिक खेलाडी गए
काठमाडौँ, ३० कार्तिक । नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरुलाइृ बर्खास्त गरेकाे हाे । उनीहरुले अनुशासनहीन काम गरेको भन्दै एन्फाले राष्ट्रिय टिमबाट बर्खास्त गरेको […]
अढाइ लाखको योजनामा रु ५० हजार बचत
भजनी, २९ कात्तिक । कैलालीको जानकी गाउँपालिकामा गठन भएको एक उपभोक्ता समितिले साढे दुई लाखको योजनाबाट प्राविधिकको लागतभन्दा दोब्बर बढी काम गरेर रु ५० हजार बचाएको छ । जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट वडा नं ३ को भगतपुर बरका पुरुवा हुँदै मुख्य सडक जोड्ने बाटो निर्माणबाट बचेको रु ५० हजार गाउँकै युवा सञ्जाललाई […]
झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु
भद्रपुर, २९ कात्तिक । झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताए । […]
एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
बाजुरा, २९ कात्तिक । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिगिँ्रदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताए । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको […]
चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ
जलेश्वर, २९ कात्तिक । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य […]
कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’
बागलुङ, २९ कात्तिक । बा¥ह मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पोल्ने पर्व पनि लिएर आएको गाउँका अगुवाहरु बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलिमा आई खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै […]
सिकलसेलले थला परेका थारु समुदाय
तुलसीपुर, २९ कात्तिक । दाङ तुलसीपुर उपमहानगरपालिका– ११ कटाहाकी ५० वर्षीया जुमरामी चौधरी लमो समयदेखि सिकलसेल एनिमिया रोगले पीडित हुन । हाडजोर्नीमा कडा खालको दुखाइ हुँदा घरको कुनै पनि काम गर्न नसकिने पीडा सुनाउँदै उनि भन्छन, “जोर्नीहरू बेस्सरी दुख्छन्, घरमा खाना पकाउनसमेत सकिँदैन्, अरु काम गर्न त झन् के सक्नु रु” त्यस्तै सोही वडाकी २५ […]
पाल्पा जिल्लाका शून्य दरबन्दीमा १२ विद्यालय
पाल्पा, २९ कात्तिक । पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयलाई समस्या परेको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पा जिल्लामा १२ माध्यमिक विद्यालय शिक्षक दरबन्दीबिना नै […]
डम्पिङसाइट व्यवस्थित नहुँदा सास्ती
अमरगढी, २९ कात्तिक । डडेल्धुरा सदरमुकाम क्षेत्रमा जम्मा भएको फोहर फाल्नका लागि व्यवस्थित स्थान नहुँदा नगरको सौन्दर्य बिग्रनुको साथै दुर्घन्धको समस्या बढ्न थालेको छ । अमरगढी नगरपालिका–७ को कुयली गाउँमा निर्माण गरिएको डम्पिङसाइडमा फालिएको फोहरको दुर्घन्ध सदरमुकामसम्म फैलिएको छ । झण्डै १५ वर्ष पहिले स्थानीय बासिन्दाको जमीन भाडामा लिई निर्माण गरिएको डम्पिङसाइटमा खुलारुपमा फोहर फाल्ने […]











