भक्तपुर, १३ पुस । प्रदेश सरकारले आफ्ना प्रत्येक जिल्ल्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ हरू नियुक्त गर्ने बताइएको छ । सातै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले प्रदेश मातहत प्रजिअ हुनुपर्नेमा जोड दिएका हुन् ।
शनिवार प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विराटनगरमा आयोजित सुरक्षासम्बन्धी अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रममा सहभागी बाहेकका सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले सीडीओहरूलाई संघीय सरकार अन्तर्गत राख्न नहुने जिकिर गरे ।
सिडिओ प्रदेश मातहत हुनुपर्ने बताउँदै प्रदेशका ग्रिह मन्त्रीहरुले सोही अनुसार संघीय ऐन नआए प्रदेशहरूले छुट्टै सीडीओ नियुक्त गर्ने बाध्य हुने चेतावनी दिए ।‘प्रदेश सरकार मातहत नबसे हामी छुट्टै प्रमुख जिल्ला अधिकारी नियुक्त गर्न बाध्य हुन्छौ ।’ प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले भने । अन्तर प्रदेश गृहमन्त्री स्तरीय छलफलले १० बुँदे साझा धारणा समेत तयार पारेको बताइएको छ ।