ललितपुर, ११ पुस । नगरपालिकाले विभिन्न पत्रपत्रिकामा बिज्ञापन प्रकाशित गर्दा पनि कर्मचारीले कमिसन माग्ने गरेको सुन्दा तपाई अचम्म मान्न सक्नुहुन्छ । तर अचम्म नमन्नुस ललितपुरको महालक्ष्मी नगरपालिकाका कर्मचारीले बिज्ञापन बापतको कमिसनमा बार्गेनिंग गर्दा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित नगरपालिकाका दुइ कर्मचारीलाई पक्राउ गरेको छ।
लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले सूचना र बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम बापत सेवाग्राहीसँग घुस माग गरेकोे भन्ने सूचनाको आधारमा आयोगको टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
घिमिरे र के.सी.ले ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा आयोगले कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको बताइएको छ ।
नियन्त्रणमा लिइएको दुबै जना उपर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।